मनमोहन प्रतिष्ठान विधेयक फिर्ता

-- ?>

cabinet-meeting

काठमाडौं-सरकारले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक फिर्ता लिने निर्णय गरेको छ ।
आज बिहिबार बसेको मन्त्रिपरिषद बैठकले मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक फिर्ता लिने निर्णय गरेको संचारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिएका छन् ।
बैठकले संसदमा विचाराधीन ऐन पारित नभएसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने निर्णय गरेको छ ।
सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स० को नाम परिवर्तन गरी मनमोहन स्मृति चिकित्सा विज्ञान प्रतिष्ठानु राख्ने निर्णय गरेको छ भने न्याम्सको ऐन संशोधनकालागि संसदमा पठाउने भएको छ ।
बैठकले लामोसमयदेखि खाली रहेको विश्व विद्यालय अनुदान आयोगको सचिवमा प्राध्यापक देवराज अधिकारीलाई र सदस्यमा तीर्थराज खनियाँ र इश्वरीप्रसाद ढकाललाई नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री सुरेन्द्र कार्कीले जानकारी दिएका छन् ।
बैठकले अर्थ मन्त्रालयको सल्लाहकारमा पुण्यप्रदास रेग्मीलाई नियुक्त गर्ने निर्णय पनि गरेको छ।