एनएडिएफको कार्यभार हस्तान्तरण एबम अन्तरक्रिया कार्यक्रम सम्पन्न 

-- The NTA / प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३
nadfअस्ट्रेलियाको सिड्नीमा आजभन्दा १८ बर्ष पहिला स्थापित भइ बैचारिक बहसको चौतारीको रुपमा रहेको पुरानो संस्था एनएडिएफ (नेप्ल्जिज अस्ट्रेलियन डेमोक्रेटिक फोरम) ले गत २५ सेप्टेम्बर आईतबारका दिन सिड्नीको रकडेलको एभेरेष्ट फंसन सेन्टरमा एक अन्तरक्रिया सहित नयाँ कार्य समितिलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । पूर्व जलश्रोत राज्य मन्त्रि तथा  नेपाली कांग्रेस पूर्व केन्द्रिय सदस्य लक्ष्मण घिमिरेको प्रमुख अथित्यतामा र नेपाली कांग्रेसका अर्का नेता नवराज गुरुङको अथित्यतामा सम्पन्न सो कार्यक्रममा नेताहरुले देशको समसामायिक परिस्थितिमा आ-आफ्नो विचारहरु राख्दै संबिधान कार्यन्वयन को लागि सबै बीच को एकता प्रमुख रहने बताएका थिए।
संस्थाका निबर्तमान महासचिब डा.ज्ञानेन्द्र रेग्मीले संचालन गरेको उक्त कार्यक्रम संस्थाका निबर्तमान अध्यक्ष बालचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो।  कार्यक्रममा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देल, संस्था आबद्द भुतपुर्ब अधक्ष्यहरु अन्य संघ संस्थाका प्रतिनिधिहरुले नयाँ कार्यसमितिलाई कार्यसफलताको कामना गरेका थिए। आफ्नो कार्यकालमा सहयोग पुराउने कार्यसमिति सबै संघ संस्था साथीहरुलाई  धन्यबाद दिदै अध्यक्ष भट्टराईले संस्थाको कार्यभार नब निर्बाचित कार्यसमिति  हस्तान्तरण गरेका थिए । यसका साथै कार्यक्रमका प्रमुख अतिथि लक्ष्मण घिमिरेले नयाँ कार्यसमितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराउदै संस्थाको हितमा लाग्न शुभकामना दिएका थिए । कार्यभार ग्रहण पश्चात नब निर्बाचित अध्यक्ष विवेक थापाले  आफ्नो कार्यकालमा संस्थालाई अझ दुरुस्त बनाउदै सबै संघ संस्थाहरु संग हातेमालो गरि संस्थालाई बैचारिक चौतारीको रुपमा परिबर्तन गर्ने प्रतिबद्दता व्यक्त गरेका थिए। नयाँ कार्यसमितिका अन्य पदाधिकारीमा उपाध्यक्ष: सुरेन्द्र सापकोटा र पूर्णनाथ घिमिरे, महासचिब: माधब गैह्रे, सचिब: इथान शाक्य, कोषाध्यक्ष: सत्य प्रकाश कंडेल, पब्लिक रिलेसन अफिसर: अर्जुन केसी, यूवा संयोजक: रामजी बस्नेत चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा नन्द गुरुङ, परशुराम अधिकारी, प्रकास जिसी, जितेन्द्र सापकोटा, रमेश जोशी, प्रकाश अर्याल, रोहित खड्का, उद्धब भट्ट, पूर्ण लिम्बु र प्रमिता शर्मा (खनाल) रहेका छन् ।