अस्ट्रेलियामै सक्रिय रमणको ‘खुल्ला जमिन…’ सार्वजनिक

काठमाडौं— सुमधुर स्वरका धनी गायक रमण रेग्मीले गाएको आधुनिक गीत ‘खुल्ला जमिन…’ को म्युजिक भिडियोमार्फत अभिनेत्री प्रियंका कार्की तथा अभिनेता पुष्प खड्काले पहिलो पटक अनस्क्रिन रोमान्स गरेका छन् । आनन्द राईको संगीत तथा दीपक निरौलाको शब्दको उक्त गीतको म्युजिक भिडियो ट्युब तथा विभिन्न टेलिभिजन च्यानलबाट एकै साथ प्रिमियर गरिएको छ । महाराज थापाद्वारा संगीत संयोजन गरिएको यो गीतको म्युजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । अर्जुन तिवारी यो भिडियोका छायांकार हुन् भने निशान घिमिरे यसका सम्पादक हुन् ।

नारायण गोपाल तथा भक्तराज आचार्यको गायनबाट प्रभावित हुदै सांगीतिक क्षेत्रमा आएका गायक रमण रेग्मी यतिबेला अस्ट्रेलियामा छन् । स्कूले जीवनदेखि नै गीत–संगीतप्रति आकर्षित भएका रमणले पछिल्लो समय गायक रामकृष्ण ढकाललाई आफ्नो सांगीतिक गुरु मानेका छन् । २०५५ सालमै डोरेमी संगीत पाठशालामा संगीतको प्रशिक्षण लिएका रमणले करिव तीन वर्षको संगीतको अध्ययनपछि पहिलो एकल एल्बम ‘समर्पण’ स्रोतामाभ ल्याएका थिए । उक्त एल्बममा रमणले नौ वटा गीत समावेश गरेका थिए । उक्त एल्बमको ‘हुन्छ नि बैंशमा’ गीत लोकप्रिय भएको थियो ।

पहिलो एल्बम सार्वजनिक गरे लगत्तै उच्च शिक्षा अध्ययनका लागि सन् २००७ मै अष्टे«लिया प्रस्थान गरेका गायक रमणले संगीतको सक्रियतालाई जारी राखे । दुई वर्षअघि दोस्रो एकल एल्बम ‘इन्स्पिरेशन’ लाई अस्ट्रेलियामै सार्वजनिक गरेका रमणले उक्त एल्बममा ५ वटा गीत समावेश गरेका थिए । उक्त एल्बममा रमणले रिमेक गरेको गीत ‘घर त लगनखेल…’ लोकप्रिय भएको थियो ।
खुल्ला जमिनको भिडियो :
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...