संगितमा समर्पित रमणको “खुल्ला जमिन” (भिडियो सहित)

-- The NTA / प्रकाशित मिति : शुक्रबार, अशोज १४, २०७३
  khulla-akashनेपालको काभ्रे जिल्लामा जन्मिएर बिगत लामो समयदेखि अष्ट्रेलियालाई कर्मभुमि बनाउंदै आएका गायक रमण रेग्मिको नयाँ गित “खुल्ला जमिन” भिडियो सहित सार्बजनिक भएको छ । उक्त गितको शब्द सिर्जना दिपक निरौलाले गर्नुभएको छ भने संगित आनन्द राईले दिनुभएको छ ।  निकेश खड्काले छायान्कन गर्नु भएको यस गीतमा प्रियंका कार्कि र पुष्प खड्काले मोडलिंग गरेका छन । नयाँ गीतको भिडियो रिलिज भए लगतै गीतको धेरै राम्रो प्रतिक्रिया दर्शकश्रोता हरुबाट पाएकोमा आफु अत्यन्त हर्षित रहेको र यस यात्रामा सहयोग गर्नुहुने सबै मिडिया र ब्यक्तिहरुप्रति आभारी रहेको गायक रेग्मिले नेपालि टाईम्ससंगको कुराकानिमा बताउनुभयो ।