ईपीएलको उपाधि पञ्चकन्या तेजलाई

काठमाडौं— पहिलो संस्करणको वाई वाई एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उपाधि पञ्चकन्या तेजले जितेको छ । कलर्स एक्स फ्याक्टर्सलाई ४० रनले हराउ“दै पञ्चकन्याले उपाधि जितेको हो ।
प्रतियोगितामा अपराजित रहदै उपाधि जितेको शरद भेषवाकर नेतृत्वको पञ्चकन्याले ५ लाख रुपैयासमेत प्राप्त गर्यो । १ सय ७२ रनको लक्ष्य पछ्याएको कलर्स एक्स फ्याक्टर्स १७ ओभर ३ बलमा १ सय ३१ रनमा समेटियो । कलर्सका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन बनाए भने राजेश पुलामी मगरले ३७ रनको योगदान दिए । कलर्सका ७ ब्याटसम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । पञ्चकन्याका करन केसीले सर्वाधि ३ विकेट लिए ।
काठमाडौको कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको पञ्चकन्याले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । पञ्चकन्याको इनिङमा युवा ब्याट्सम्यान आसिफ शेखले प्रतियोगिताकै पहिलो सतक प्रहार गर्दै १ सय ११ रनको योगदान गरे । जोहोरा स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा ६ वटा फ्रेन्चाईज टोली सहभागी थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...