ईपीएलको उपाधि पञ्चकन्या तेजलाई

काठमाडौं— पहिलो संस्करणको वाई वाई एभरेष्ट प्रिमियर लिग ईपीएल क्रिकेटको उपाधि पञ्चकन्या तेजले जितेको छ । कलर्स एक्स फ्याक्टर्सलाई ४० रनले हराउ“दै पञ्चकन्याले उपाधि जितेको हो ।
प्रतियोगितामा अपराजित रहदै उपाधि जितेको शरद भेषवाकर नेतृत्वको पञ्चकन्याले ५ लाख रुपैयासमेत प्राप्त गर्यो । १ सय ७२ रनको लक्ष्य पछ्याएको कलर्स एक्स फ्याक्टर्स १७ ओभर ३ बलमा १ सय ३१ रनमा समेटियो । कलर्सका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४७ रन बनाए भने राजेश पुलामी मगरले ३७ रनको योगदान दिए । कलर्सका ७ ब्याटसम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । पञ्चकन्याका करन केसीले सर्वाधि ३ विकेट लिए ।
काठमाडौको कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको पञ्चकन्याले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनाएको थियो । पञ्चकन्याको इनिङमा युवा ब्याट्सम्यान आसिफ शेखले प्रतियोगिताकै पहिलो सतक प्रहार गर्दै १ सय ११ रनको योगदान गरे । जोहोरा स्पोर्टस म्यानेजमेन्टले आयोजना गरेको प्रतियोगितामा ६ वटा फ्रेन्चाईज टोली सहभागी थिए ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...