दशैं-तिहारलाई लक्षित गर्दै सुरेन फोटोग्राफीका सुरेनको दोश्रो कोसेली सार्बजनिक (भिडियो सहित)

-- The NTA / प्रकाशित मिति : मङ्लबार, अशोज १८, २०७३

dashin-ko-jamaraleसिड्नीमा फोटोग्राफी विधामा स्थापित सुरेन श्रेष्ठले निर्देशन गरेको पहिलो म्युजिक भिडियो “हुन्छ मायामा” को अपार सफलता पश्चात दोश्रो सशक्त प्रस्तुति  “दशैको जमराले………..” नामक म्युजिक भिडियो लिएर श्रोता र दर्शक बिच आएका छन्।

दशैं तिहार जस्तो चाड-बाडको बेलामा आफ्नो घर, परिवार र साथी भाईहरु भन्दा टाढा कतै परदेशमा रहेको एक युबाको मन भरिको पिडालाई जिबन्त निर्देशन मार्फत निर्देशक श्रेष्ठले यस म्युजिक भिडियोमा प्रस्तुतु गरेका छन्। हामी परदेशमा रहेका नेपालीहरु सबैले महसुश गर्ने सबैको साझा जस्तै लाग्ने चाड बाडका बेलाका  दुखद अनुभूतिहरुलाई आफुले यहाँ गीत मार्फत यस म्युजिक भिडियोमा प्रस्तुत गर्न प्रयास गरेको निर्देशक श्रेष्ठले बताए । आफ्नो यो दोश्रो प्रोजेक्टमा हाम्रा चाड-बाड सँग भावानात्मक सम्बन्ध रहेका बिबिध कुराहरु जस्तै टिका, जमरा, खसी, पिङ्ग, चंगा टिका, टालो र देउसी-भैलोका दृश्यहरु सबै समेटेको बताए। पहिलो भिडियोको अत्यधिक सफलता र सार्बजनिक भएको दुइ दिन भित्र मै यस भिडियोका दर्शकहरु बाट पाएको अत्यधिक चासो र मायाले आफुलाई निक्कै उत्साहित बनाएको  र यस क्षेत्रमा लागि रहन थप उर्जा दिएको पनि श्रेष्ठले बताए । dashin-ko-jamarale2222
बिनोद कार्की र ट्रिम्फ ब्याण्डको स्वर/संगीत राजु ख्याजुको शब्दमा दिवेश मुल्मीको म्युजिक एरेन्ज यस म्युजिक भिडियोमा मनोज भण्डारी तथा अरुण बरालको बिशेष सहयोग रहेको बताइएको छ । क्रिजन श्रेष्ठ तथा गंगा कुँवरले जिबन्त अभिनय रहेको यस भिडियो छायंकनमा टेक बयलकोटी तथा सुदीप श्रेष्ठले क्यामेरामा र अमित गुरुङ तथा रबि कडेलले सहयोगी भूमिका निभाएका थिए। त्यसै गरि भिडियोको सम्पादन सुदीप श्रेष्ठ तथा प्रविन श्रेष्ठले गरेका हुन्।