गुरुङको उपचार निर्णयको संगीत नाट्यद्वारा स्वागत
काठमाडौं—नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति एवं राष्ट्रगानका संगीतकार अम्बर गुरुङको उपचारमा लाग्ने सम्पूर्ण खर्च नेपाल सरकारले व्यहोर्ने भएको छ । नेपाल सरकारको निर्णयको नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले स्वागत गरेका छ ।
प्रतिष्ठानको मंगलबार एक विज्ञप्ति जारी गर्दैै नेपाल सरकारले गरेको उक्त निर्णयको स्वागत गरेको हो । पूर्व कुलपति गुरुङको उपचारका लागि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपाल सरकारसंग पहल गर्दैै आएको थियो ।
लामो समय देखि पार्किन्सन, मधुमेह लगायतका समस्याले पीडित पूर्व कुलपति एवं अग्रज संगीतकार अम्बर गुरुङको यतीबेला भारतको हरियाणा स्थित मेदान्त अस्पतालमा उपचार भईरहेको छ । उपचारमा सम्लग्न चिकित्सकहरुका अनुसार गुरुङको स्वास्थ्यमा सुधार आएको गुरुङका परिवारले जानकारी गराएका छन् । प्रतिष्ठानले पूर्व कुलपति गुरुङको सिघ्र स्वास्थ्य लाभको कामना पनि सो विज्ञप्ति मार्फत गरेको छ ।
यसै बीच पूर्व कुलपति गुरुङलाई नेपाल सरकारका तर्फबाट मासिकबृत्त ३० हजार रुपैयाा प्रदान गरिने निर्णय केही महिना अघि भएको थियो । सो रकम सो प्रतिष्ठान मार्फत मासिक रुपमा प्रदान गरिादै आएको पनि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...