सिड्नीमा चाँगु नारायण मन्दिर पुनर्निर्माण सम्बन्धि गोष्ठी हुदै

२०१५ मा नेपालमा गएको प्रलयकारी भुकम्पमा परि नेपालका बिबिध पुरात्वतिक महत्व र संरचनाहरु नष्ट भए, नेपाललाई बिश्व मानचित्रमा चिनाउने यस्ता बिबिध धरोहर मध्येको एक चाँगु नारायण मन्दिर समेत उक्त भूकम्पमा परि क्षति गरस्त भएको थियो ।चाँगु नारायण मन्दिर यसमा रहेको बिश्व प्रसिद्द कला र इतिहास अनि अबको पुनर्निर्माण सम्बन्धि सेरोफेरोमा रहेर फ्रेन्ड्स अफ नेपाल एसोसियसन (FONA) ले Macquarie University को संयोजनमा एक जानकारी मुलक कार्यक्रम गर्दैछ । उक्त जानकारी मुलक कार्यक्रममा ख्याती प्राप्त अर्किटेक्ट जोन स्याण्डी (John Sanday) ले चाँगु नारायण मन्दिर पुनर्निर्माण सम्बन्धि ठोस योजना सहितको कार्य योजना प्रस्तुतु गर्ने छन् । बिश्व सम्पदामा सुचिकृत यस धरोहरको बिषयमा जानकारी लिन, पुनर्निर्माण सम्बन्धि यस कार्यमा अस्ट्रेलियाले खेल्न सक्ने भूमिका बारेमा जानकारीका लागि उक्त गोष्ठी निकै महत्वपूर्ण हुनेछ । इच्छुक नेपालीहरुलाई उक्त नि:शुल्क कार्यक्रममा सहभागी हुन आयोजकको तर्फबाट करेनले अनुरोध गरेकी छन् । कार्यक्रम आउने ७ अक्टोबर साँझ ६ बजे देखि ८ बजे सम्म Theatre 1, Building Y3A, 10 Hadenfeld Avenue, Macquarie University हुदैछ ।
आयोजक संस्था FONA नेपालमा गएको भुकम्प पस्चात बिभिन्न तरिकाले नेपाललाई सहयोग गर्ने उदेश्यले नेपाललाई माया गर्ने अस्ट्रेलियनहरुले खोलेको नाफारहित संस्था हो । थप जानकारी संस्थाको वेब साइट http://www.fona.org.au मार्फत प्राप्त गर्न सकिनेछ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...