दसैं गीतमा स्वदेशको माया….

काठमाडौं— आधुनिक शैलीका गीत गाएर स्रोता तथा दर्शकको मन जित्दै आएका गायक तथा संगीतकार कमल किरणले दसैंको अवसर पारेर एउटा पूर्वेली भाकाको गीत तयार पारेका छन् । उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
दसैंलाई लक्षित गर्दै तयार पारिएका गीतहरुको भि“डमा गायक कमल किरणले पृथक शैलीको गीत गाउने प्रयास गरेका हुन् । ‘कोहि भन्छन् अमेरिका…’ शीर्षकको गीतमार्फत गायक कमल किरणले वैदेशिक रोजगारीमा गएका नेपाली युवा चाडपर्वको बेला स्वदेश फर्कन लालायीत हुन्छन् भन्ने सन्देश दिन खोजेका छन् ।
म्युजिक भिडियोसहित सार्वजनिक भएको यो गीतमा डम्बर बराइलीको शब्द तथा गायक कमल किरणकै संगीत सुन्न सकिन्छ । यो गीतका संगीत संयोजक बिपिन आचार्य हुन् । यूगल पोमो लिम्बुद्वारा निर्देशित यो भिडियोमा अमिर, विनीता तथा दिनेशले अभिनय गरेका छन् भने गायक कमल किरण गायककै भूमिकामा प्रस्तुत भएका छन् । भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
यस्तो छ भिडियो :
https://youtu.be/a29b_ipIwSM
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...