दसैं गीतमा स्वदेशको माया….
काठमाडौं— आधुनिक शैलीका गीत गाएर स्रोता तथा दर्शकको मन जित्दै आएका गायक तथा संगीतकार कमल किरणले दसैंको अवसर पारेर एउटा पूर्वेली भाकाको गीत तयार पारेका छन् । उक्त गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ ।
दसैंलाई लक्षित गर्दै तयार पारिएका गीतहरुको भि“डमा गायक कमल किरणले पृथक शैलीको गीत गाउने प्रयास गरेका हुन् । ‘कोहि भन्छन् अमेरिका…’ शीर्षकको गीतमार्फत गायक कमल किरणले वैदेशिक रोजगारीमा गएका नेपाली युवा चाडपर्वको बेला स्वदेश फर्कन लालायीत हुन्छन् भन्ने सन्देश दिन खोजेका छन् ।
म्युजिक भिडियोसहित सार्वजनिक भएको यो गीतमा डम्बर बराइलीको शब्द तथा गायक कमल किरणकै संगीत सुन्न सकिन्छ । यो गीतका संगीत संयोजक बिपिन आचार्य हुन् । यूगल पोमो लिम्बुद्वारा निर्देशित यो भिडियोमा अमिर, विनीता तथा दिनेशले अभिनय गरेका छन् भने गायक कमल किरण गायककै भूमिकामा प्रस्तुत भएका छन् । भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका हुन् ।
यस्तो छ भिडियो :
https://youtu.be/a29b_ipIwSM
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...