ब्रिसबेनमा सामुदायिक भबन निर्माणको लागि छलफल
गैर आबासिय नेपाली संघ कुइँस्ल्यान्ड राज्य समिती र ब्रिसबेन स्थित नेपालीहरुको पुरानो संस्था नेपालीज एसोसिएसन अफ कुइँस्ल्यान्ड (NAQ) को संयुक्त तत्वाबधानमा नेपाली सामुदायिक भबन निर्माण सम्बन्धित छलफल र विचार बिमर्श गर्ने गत सेप्टेम्बर १७, शनिबारकाका दिन ब्रिसबेन स्थित Newmarket Bowls Club, Ashgrove Avenues 212, Ashgrove मा एक छलफल आयोजना गरियो ।
अष्ट्रेलियामा नेपाली समुदाय तिब्र गतिमा बिकसित भैरहेका बेलामा नेपाली पहिचान कायम गर्ने र समुदायका सदस्यहरुको सुबिधाका लागि नियमितरुपमा हुने झमघट ,चाडपर्ब, विवाह ब्रतबन्ध आदि कार्यक्रम आयोजना गर्ने अनि नेपाल को पर्यट
न प्रबर्दनका काम गर्न नेपाली परिचय झल्कनेगरि ब्रिसबेनममा एउटा सामुदायिक भबन बनाउने बिषयमा लामो समयदेखि प्रयास भैरहेको भएपनि हालका बर्षहरुमा यसको चर्चा सेलाउदै गरेको र अघिल्लो बर्ष देखी यसमा जारी बहस र छलफललाई निश्कर्षमा पुर्याउन यो पटक छलफल आयोजना गरिएको गैर आबासिय नेपाली संघ कुइँस्ल्यान्ड राज्य समितीका संयोजक अभिमान सिंह बस्नेतले बाताएका छन । छलफल कार्यक्रममा सामुदायिक भबन निर्माण संग सम्बन्धित विभिन्न बिषयमा सामुदायिक भबन निर्माणको अभियानमा लामो समय देखि संलग्न हरि खडका, गैर आबासिय नेपाली संघ कुइँस्ल्यान्ड राज्य समितीका संयोजक अभिमान सिंह बस्नेत र नेपालीज एसोसिएसन अफ कुइँस्ल्यान्डका सभापति मोहन शर्माले आ-आफ्नो धारणा राख्नु भएको थियो । वहाहरुको प्रस्तुति पछि, प्रस्तुतिमा संलग्न बुदाहरुमा व्यापक छलफल भएको थियो । नेपाली समुदायकै बलबुतामा, ठुलो धनराशी मात्रैको भरमा होईन सबैको अपनत्व हुने गरी समुदायको क्षमताले भ्याउने खालको नेपाली सामुदायिक केन्द्र निर्माण गर्नुपर्ने धारणा छलफलमा सहभागीहरुको रहेको थियो ।
छलफलको क्रममा स्थानीय अग्रज हरि खड्काको संयोजकत्वमा भबन निर्माण परियोजना को विवरण सहित, भबन निर्माणको सम्भाव्यता, अर्थ संकलन गर्ने उपयुक्त माध्यम र प्रकृया र योजना शुरु गर्न अबलम्बन गर्नु पर्ने कार्यबिधि सहितको प्रतिबेदन तैयार गर्न एउटा ११ सदश्शीय कार्य-दलको गठन गरिएको छन । गैर आबासिय नेपाली संघ कुईन्स्ल्यान्ड राज्य परिषद (NRNA-QLD) र नेपालीज एसोसिएसन कुईन्स्ल्यान्ड (NAQ) का अग्रज एबम समुदायका सदस्यहरु सहभागी रहेको अन्तर्कृया कार्यक्रमबाट प्राप्त ठोस अबधारणालाई मध्यनजर गर्दै कार्य-दलको सुझाव अनुसार सामुदायिक भवन स्थापनाको कार्यक्रम अगाडी बढाईने जानकारी गैर आबासिय नेपाली संघ कुइँस्ल्यान्ड ले दिएको छ । आगामी ३ महिना भित्र अन्तिम परियोजना प्रस्ताब तयार भएपछी सो अनुसार सामुदायिक भवन स्थापनाको लागि आबश्यक प्रकृयाको साथै अर्थ संकलन अभियान शुरु गर्ने योजना रहेको छलफल कार्यक्रममा सहजीकरण गरेका डाक्टर केशब शर्माले जानकारी दिए । छलफल कर्यक्रम पछि, प्रस्तावित कार्यदलले परियोजना प्रस्ताब तैयारीको काम पनि सुरु गरिसकेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...



