ब्रिसबेनमा सामुदायिक भबन निर्माणको लागि छलफल
गैर आबासिय नेपाली संघ कुइँस्ल्यान्ड राज्य समिती र ब्रिसबेन स्थित नेपालीहरुको पुरानो संस्था नेपालीज एसोसिएसन अफ कुइँस्ल्यान्ड (NAQ) को संयुक्त तत्वाबधानमा नेपाली सामुदायिक भबन निर्माण सम्बन्धित छलफल र विचार बिमर्श गर्ने गत सेप्टेम्बर १७, शनिबारकाका दिन ब्रिसबेन स्थित Newmarket Bowls Club, Ashgrove Avenues 212, Ashgrove मा एक छलफल आयोजना गरियो ।
अष्ट्रेलियामा नेपाली समुदाय तिब्र गतिमा बिकसित भैरहेका बेलामा नेपाली पहिचान कायम गर्ने र समुदायका सदस्यहरुको सुबिधाका लागि नियमितरुपमा हुने झमघट ,चाडपर्ब, विवाह ब्रतबन्ध आदि कार्यक्रम आयोजना गर्ने अनि नेपाल को पर्यटन प्रबर्दनका काम गर्न नेपाली परिचय झल्कनेगरि ब्रिसबेनममा एउटा सामुदायिक भबन बनाउने बिषयमा लामो समयदेखि प्रयास भैरहेको भएपनि हालका बर्षहरुमा यसको चर्चा सेलाउदै गरेको र अघिल्लो बर्ष देखी यसमा जारी बहस र छलफललाई निश्कर्षमा पुर्याउन यो पटक छलफल आयोजना गरिएको गैर आबासिय नेपाली संघ कुइँस्ल्यान्ड राज्य समितीका संयोजक अभिमान सिंह बस्नेतले बाताएका छन । छलफल कार्यक्रममा सामुदायिक भबन निर्माण संग सम्बन्धित विभिन्न बिषयमा सामुदायिक भबन निर्माणको अभियानमा लामो समय देखि संलग्न हरि खडका, गैर आबासिय नेपाली संघ कुइँस्ल्यान्ड राज्य समितीका संयोजक अभिमान सिंह बस्नेत र नेपालीज एसोसिएसन अफ कुइँस्ल्यान्डका सभापति मोहन शर्माले आ-आफ्नो धारणा राख्नु भएको थियो । वहाहरुको प्रस्तुति पछि, प्रस्तुतिमा संलग्न बुदाहरुमा व्यापक छलफल भएको थियो । नेपाली समुदायकै बलबुतामा, ठुलो धनराशी मात्रैको भरमा होईन सबैको अपनत्व हुने गरी समुदायको क्षमताले भ्याउने खालको नेपाली सामुदायिक केन्द्र निर्माण गर्नुपर्ने धारणा छलफलमा सहभागीहरुको रहेको थियो ।
छलफलको क्रममा स्थानीय अग्रज हरि खड्काको संयोजकत्वमा भबन निर्माण परियोजना को विवरण सहित, भबन निर्माणको सम्भाव्यता, अर्थ संकलन गर्ने उपयुक्त माध्यम र प्रकृया र योजना शुरु गर्न अबलम्बन गर्नु पर्ने कार्यबिधि सहितको प्रतिबेदन तैयार गर्न एउटा ११ सदश्शीय कार्य-दलको गठन गरिएको छन । गैर आबासिय नेपाली संघ कुईन्स्ल्यान्ड राज्य परिषद (NRNA-QLD) र नेपालीज एसोसिएसन कुईन्स्ल्यान्ड (NAQ) का अग्रज एबम समुदायका सदस्यहरु सहभागी रहेको अन्तर्कृया कार्यक्रमबाट प्राप्त ठोस अबधारणालाई मध्यनजर गर्दै कार्य-दलको सुझाव अनुसार सामुदायिक भवन स्थापनाको कार्यक्रम अगाडी बढाईने जानकारी गैर आबासिय नेपाली संघ कुइँस्ल्यान्ड ले दिएको छ । आगामी ३ महिना भित्र अन्तिम परियोजना प्रस्ताब तयार भएपछी सो अनुसार सामुदायिक भवन स्थापनाको लागि आबश्यक प्रकृयाको साथै अर्थ संकलन अभियान शुरु गर्ने योजना रहेको छलफल कार्यक्रममा सहजीकरण गरेका डाक्टर केशब शर्माले जानकारी दिए । छलफल कर्यक्रम पछि, प्रस्तावित कार्यदलले परियोजना प्रस्ताब तैयारीको काम पनि सुरु गरिसकेको छ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...