दसैंमा सुनसान भयो काठमाडौं

काठमाडौं— आज दसैंको नवौं दिन अर्थात महानवमी । दसैं मान्नका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने आज अन्तिम दिन पनि हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आकडालाई विश्वास गर्ने हो भने हिजो महाअष्ठमीको दिनसम्म करिव २२ लाख यात्रुहरु दसैं मनाउनका लागि काठमाडौंबाट बाहिर गएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा अत्यधिक हो ।
दसैं मनाउन ठूलो संख्यामा मानिसहरु काठमाडौं जादा राजधानी शहर भने सुनसान देखिएको छ । राजधानीका मुख्य चौकहरुमा चहलपहल निकै कम छ भने मुख्य सडकमा यातायातको आवागमन पनि पातलो छ । शहर भित्र चल्ने सार्वजनिक सवारीसाधनको संख्या पनि अत्यन्त न्यून देखिन्छ । राजधानीका सडकमा यतिबेला थोरै संख्यामा नीजि सवारी साधन तथा ट्याक्सीहरु मात्र गुडेको देख्न सकिन्छ ।
काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु गएको बताइन्छ । महासंघले जनाए अनुसार फूलपाती तथा त्यसका अघिल्ला दुई दिन अधिकांश यात्रुहरु काठमाडौंबाट बाहिरिएका हुन् । फूलपातीको दिन अर्थात गत शनिवार मात्र झन्डै तीन लाख मानिस दसैं मनाउन काठमाडौं बाहिर गएका थिए । फूलपातीको अघिल्लो दिन अर्थात शुक्रवार पनि करिव साढे तीन लाख मानिस दसैं मनाउन काठमाडौंबाट आ—आफ्नो गन्तब्यतर्फ लागेका थिए ।
उपत्यकाका नागढुङ्गा, बल्खु, अरनिको राजमार्ग, बिपी राजमार्ग, सा“खु, पासाङलामु मार्ग तथा टोखा—छहरे राजमार्गबाट यात्रु देशका विभिन्न गन्तव्यतिर गएका हुन् ।
दसैंलाई लक्षित गरी यो अवधिमा साना ठूला गरी दैनिक पा“च हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको महासङ्घले जनाएको छ । सामान्य अवस्थामा दैनिक एक हजार देखि एक हजार २०० सम्म सवारी आवतजावत गर्थे ।
दसैंको पूर्णिमाको दिनदेखि यात्रु फर्किने भएकाले त्यसका लागि अग्रिम टिकट खुल्ला गरिएको र यात्रुको सहजताका लागि सबै कम्पनी संस्थालाई आग्रह गरिएको महासङ्घले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...