दसैंमा सुनसान भयो काठमाडौं
काठमाडौं— आज दसैंको नवौं दिन अर्थात महानवमी । दसैं मान्नका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने आज अन्तिम दिन पनि हो । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आकडालाई विश्वास गर्ने हो भने हिजो महाअष्ठमीको दिनसम्म करिव २२ लाख यात्रुहरु दसैं मनाउनका लागि काठमाडौंबाट बाहिर गएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा अत्यधिक हो ।
दसैं मनाउन ठूलो संख्यामा मानिसहरु काठमाडौं जादा राजधानी शहर भने सुनसान देखिएको छ । राजधानीका मुख्य चौकहरुमा चहलपहल निकै कम छ भने मुख्य सडकमा यातायातको आवागमन पनि पातलो छ । शहर भित्र चल्ने सार्वजनिक सवारीसाधनको संख्या पनि अत्यन्त न्यून देखिन्छ । राजधानीका सडकमा यतिबेला थोरै संख्यामा नीजि सवारी साधन तथा ट्याक्सीहरु मात्र गुडेको देख्न सकिन्छ ।
काठमाडौं उपत्यकाका विभिन्न नाकाबाट देशका विभिन्न गन्तव्यमा २२ लाखभन्दा बढी यात्रु गएको बताइन्छ । महासंघले जनाए अनुसार फूलपाती तथा त्यसका अघिल्ला दुई दिन अधिकांश यात्रुहरु काठमाडौंबाट बाहिरिएका हुन् । फूलपातीको दिन अर्थात गत शनिवार मात्र झन्डै तीन लाख मानिस दसैं मनाउन काठमाडौं बाहिर गएका थिए । फूलपातीको अघिल्लो दिन अर्थात शुक्रवार पनि करिव साढे तीन लाख मानिस दसैं मनाउन काठमाडौंबाट आ—आफ्नो गन्तब्यतर्फ लागेका थिए ।
उपत्यकाका नागढुङ्गा, बल्खु, अरनिको राजमार्ग, बिपी राजमार्ग, सा“खु, पासाङलामु मार्ग तथा टोखा—छहरे राजमार्गबाट यात्रु देशका विभिन्न गन्तव्यतिर गएका हुन् ।
दसैंलाई लक्षित गरी यो अवधिमा साना ठूला गरी दैनिक पा“च हजारको हाराहारीमा सवारी आवतजावत भइरहेको महासङ्घले जनाएको छ । सामान्य अवस्थामा दैनिक एक हजार देखि एक हजार २०० सम्म सवारी आवतजावत गर्थे ।
दसैंको पूर्णिमाको दिनदेखि यात्रु फर्किने भएकाले त्यसका लागि अग्रिम टिकट खुल्ला गरिएको र यात्रुको सहजताका लागि सबै कम्पनी संस्थालाई आग्रह गरिएको महासङ्घले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...