अस्ट्रेलियामा परदेशीको उमंग

काठमाडौं— अक्टोबर २८ का दिनदेखि अल नेपाल रिलिज हुन लागेको नेपाली फिल्म ‘परदेशीको उमंग’ नेपालभन्दा पहिला अस्ट्रेलियामा प्रदर्शन हुने भएको छ । विभिन्न कारणले आफ्नो प्यारो देश छोडेर विदेशिन बाध्य परदेशीहरुको कथाब्याथामा आधारित यो फिल्मको विशेष प्रदर्शन यही अक्टोबर १५ का दिन अस्ट्रेलियामा हुन लागेको निर्देशक शिव शर्माले जनाएका छन् । यो फिल्म अस्ट्रेलियाको सिभिक थिएटरमा प्रदर्शन हुन लागेको हो । अस्ट्रेलियाको प्रदर्शनमा सहभागि हुने दर्शकलाई नेपालको झन्डा, लालिगुरास तथा हिमाल अंकित टोपी निशुल्क उपलब्ध गराइने आयोजक संस्थाले जनाएको छ ।
नेपाल तथा अस्ट्रेलियाको प्रदर्शनअघि फिल्मको एउटा गीतको भिडियो प्रिमियर गरिएको छ । ‘पश्चिम घुम्तीमा… शीर्षकको गीतमा बिमाकुमारी दुराको स्वर, बीबी अनुरागीको शब्द तथा संगीत सुन्न सकिन्छ । यो गीतमा पनि नेपालीहरुको विदेश जांदाको पीडा, आफ्नो परिवार, गाउ तथा साथीहरुको विछोडलाई चित्रण गरिएको छ ।
अधिकांश छायांकन दुवइमा गरिएको यो फिल्ममा गुल्मी, बागलुङ तथा काठमाडौंको परिवेशलाई पनि चित्रण गरिएको छ । कोरियोग्रफर तथा हास्य अभिनेताको रुपमा स्थापित शिव शर्माको यो डेब्यू निर्देशनको यो फिल्ममा बिनिता बराल, कुमार बिसी, सीपी पौडेल, रामबाबु रेग्मी, शिला श्रेष्ठ, रुपेश सुवेदी, राम थापा, उमेशकुमार केसी आदि कलाकारले अभिनय गरेका छन् ।
बसन्त अधिकारीको मुख्य सहायक निर्देशन रहेको यो फिल्ममा अर्जुन पोखरेल तथा बीबी अनुरागीको संगीत निर्देश्ँन छ ।
फिल्मका अभिनेता कुमार बिसीले नै यो फिल्मको कथा लेखेका हुने । आफूले विदेशमा बसेर दुःख तथा कष्ट भोगेको तथा सोही विषयवस्तुलाई फिल्मको कथा बनाएको कुमारले स्पष्ट पारेका छन् ।
फिल्मलाई अस्ट्रेलियामा द फस्र्ट डिजिटल मिडियाले प्रदर्शन गर्न लागेको हो ।
फिल्मको टेलर यस्तो छ :
फिल्मको नयां गीत यस्तो छ
https://youtu.be/k0Cs8HO_nSQ

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...