विजय बने उत्कृष्ट अन्तराष्ट्रिय बिद्यार्थी

-- The NTA / प्रकाशित मिति : शनिबार, अशोज २९, २०७३
bijay-sapkotaचितवनका युवा विजय सापकोटा न्यु साउथ वेल्स राज्यको उत्कृष्ट अन्तराष्ट्रिय बिद्यार्थी बनेका छन् । उनलाई न्यु साउथ वेल्स राज्यका ब्यवसाय तथा पर्यटन मन्त्री स्टट एरिसले केही दिनअघि आयोजित एक कार्यक्रमका बिच सम्मान गरे ।
विजय सिड्नीमा रहेको युनिभसिर्टी अफ टेक्नोलोजी सिड्नीमा इन्जिनियरिङ बिषय अध्ययनरत छन् । न्यु साउथ वेल्स राज्य सरकारले प्रत्येक बर्ष अन्तराष्ट्रिय बिद्यार्थीहरु मध्येबाट छनौट गरेर  दिइने उक्त पुरस्कार सबैभन्दा उच्च तहको मानिन्छ । सापकोटाले दिएको जानकारी अनुसार उनलाई नेतृत्वदायी भुमिका निर्वाह गरेको, बहुसांस्कृतिक समाज निर्माणका लागि महत्वपुर्ण भुमिका खेलेको, सामाजिक कार्यक्रमहरुम सक्रियता देखाएकोले उक्त सम्मान प्रदान गरिएको हो । उनले एक नेपाली बिद्यार्थी भएर राज्य सरकारले अन्तराष्ट्रिय बिद्यार्थीलाई प्रदान गर्ने उच्चस्तरको सम्मान पाऊँदा खुसी लागेको बताए । सापकोटासंगै उक्त पुरस्कार बंगलादेशकी बिद्यार्थी सुमाया सुल्तानले समेत पाएकी छिन् ।
अनुमानित तथ्यांक अनुसार न्यु साउथ वेल्स राज्यमा करिब २ सय  देशका अनुमानित २ लाख अन्तराष्ट्रिय बिद्यार्थीहरु अध्ययनतर छन् । ती सबैमध्येबाट आफुले उक्त पुरस्कार पाउनु अस्ट्रेलियामा अध्ययनरत बिद्यार्थी र सम्पुर्ण नेपालीहरुको लागि खुशीको कुरा भएको बताए ।
३ बर्षअघि बिद्यार्थी भिषामा चितवनबाट सिड्नी आएका उनी आफु अध्ययनतर बिश्वबिद्यालयको काउन्सिलको सदस्य छन भने नेपाली बिद्यार्थी संस्थाको अध्यक्ष पनि हुन् । शिक्षा बिभागका अधिकारीहरु र बिद्यार्थीहरु सम्मिलित कार्यक्रममा उनलाई बंगलादेशी बिद्यार्थीसँगै सम्मानित गरिएको हो ।