दसैंमा बढ्यो सवारी कारवाही

काठमाडौं— दसैंको अवधिमा राजधानी काठमाडौंमा झन्डै डेढ सय वटा सवारी दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्ममा एक सय ४६ दुर्घटना भएको हो । यी दुर्घटनाको क्रममा १० जनाको मृत्यु, ६ जना गम्भीर घाइते तथा एक सय ११ जना सामान्य घाइते भएका छन् ।
ट्राफिक प्रहरीले दसैंको अवधिमा १४ हजार सवारी साधनलाई कारबाही गरेको जनाएको छ । अघिल्लो वर्ष यो अवधिमा तीन हजार पा“च सय ३२ सवारीसाधन कारवाहीमा परेका थिए । मादक पदार्थ सेवन, ट्राफिक नियम उलंघन तथा बढी भाडा असुल्ने तथा क्षमताभन्दा बढी यात्रु राख्नेहरु यसपटकको दसैं अवधिमा कारबाहीमा परेका हुन् ।
मापसेमा मात्रै एक हजार दुई सय ९१ जना कारबाहीमा परेको महाशाखाले जनाएको छ । बढी भाडा लिने लामो दूरीका १४ सवारी साधन र ६० ट्याक्सीलाई कारबाही गरिनुका साथै दुई जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
अघिल्लो वर्षको असोजभन्दा यो वर्ष सवारी दुर्घटना बढी भएको छ । गत वर्ष तीन सय २८ सवारी दुर्घटना भएकामा यो वर्ष तीन सय ८९ सवारी दुर्घटना भएको छ । असोज महिनाभर मृत्यु हुने १३ र गम्भीर घाइतेको संख्या १७ तथा सामान्य घाइते २ सय ९३ जना रहेको राससले जनाएको छ ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...