दसैंमा बढ्यो सवारी कारवाही

काठमाडौं— दसैंको अवधिमा राजधानी काठमाडौंमा झन्डै डेढ सय वटा सवारी दुर्घटना भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार घटस्थापनाको दिनदेखि कोजाग्रत पूर्णिमासम्ममा एक सय ४६ दुर्घटना भएको हो । यी दुर्घटनाको क्रममा १० जनाको मृत्यु, ६ जना गम्भीर घाइते तथा एक सय ११ जना सामान्य घाइते भएका छन् ।
ट्राफिक प्रहरीले दसैंको अवधिमा १४ हजार सवारी साधनलाई कारबाही गरेको जनाएको छ । अघिल्लो वर्ष यो अवधिमा तीन हजार पा“च सय ३२ सवारीसाधन कारवाहीमा परेका थिए । मादक पदार्थ सेवन, ट्राफिक नियम उलंघन तथा बढी भाडा असुल्ने तथा क्षमताभन्दा बढी यात्रु राख्नेहरु यसपटकको दसैं अवधिमा कारबाहीमा परेका हुन् ।
मापसेमा मात्रै एक हजार दुई सय ९१ जना कारबाहीमा परेको महाशाखाले जनाएको छ । बढी भाडा लिने लामो दूरीका १४ सवारी साधन र ६० ट्याक्सीलाई कारबाही गरिनुका साथै दुई जनालाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।
अघिल्लो वर्षको असोजभन्दा यो वर्ष सवारी दुर्घटना बढी भएको छ । गत वर्ष तीन सय २८ सवारी दुर्घटना भएकामा यो वर्ष तीन सय ८९ सवारी दुर्घटना भएको छ । असोज महिनाभर मृत्यु हुने १३ र गम्भीर घाइतेको संख्या १७ तथा सामान्य घाइते २ सय ९३ जना रहेको राससले जनाएको छ ।

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...

लण्डन– बेलायतमा यही फागुन ३ गते (फेब्रुअरी १५) अर्थात शनिवार अन्तर्राष्ट्रिय स्तरका...

काठमाडौं- हामी यतिबेला भ्यालेन्टाइन्स सप्ताहमा छौं । गत फेब्रुअरी ७ देखि प्रारम्भ...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

सिड्नी, अष्ट्रेलिया । अष्ट्रेलियालाई कर्मथलो बनाएर राष्ट्रिय गित, तीज गीत, माया प्रेमका...

काठमाडौं– हाउस अफ फेसनले आयोजना गरेको दोस्रो संस्करणको ‘सगून ज्वेलर्स प्रजेन्टस्स मिसेस...

काठमाडौं– आज फागुन ७ गते अर्थात राष्ट्रिय प्रजातन्त्र दिवस । आज देशैभरी...

काठमाडौं– ललितपुर महानगरपालिका–१६ की प्रलिशा शाक्यले ‘नेपाल टेलिकम मिस नेवाः ११४५’ को...