त्रिपक्षीय वार्तामा प्रधानमन्त्री

काठमाडौं— भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा चीनिया राष्ट्रपति सि जिन पिङसंग त्रीपक्षीय भेट वार्ता गर्नु भएको छ ।
भारतको गोवामा आयोजित ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट वार्ता भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालयका अनुसार दाहाल र सिबीच २० मिनेट ‘वान टु वान’ वार्तापछि त्रिपक्षीय वार्ता भएको हो ।
वार्तामा नेपालका प्रधानमन्त्री दाहालले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रीदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकोबारे स्मरण गराउनु भएको थियो ।
प्रधानमन्त्री दाहालले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको भन्दै त्यसका लागि दुवै छिमेकीसंग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको बताउनु भयो ।
भेटका अवसरमा चीनिया राष्ट्रपति सिले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्नसक्ने बताउनु भएको थियो ।
सिले नेपालले प्रस्ताव गरेको त्रीदेशीय साझेदारीको मुद्धा महत्वपूर्ण रहेको र त्यसमा चीन सकारात्मक रहेको पनि बतानु भएको थियो भने मोदीले पनि त्रीदेशीय साझेदारीको प्रस्तावमा भारत सकारात्मक रहेको बताउनु भएको थियो ।

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

मेलबर्न- अष्ट्रेलियाको मेलबर्नमा सोमवार देशभक्तिपूर्ण नेपाली फिल्म ‘काँडेतार’ प्रदर्शन गरिएको छ ।...

काठमाडौं– वुमन्स डे कप २०२५ को तेस्रो स्थानका लागि हुने नेपाल र...

काठमाडौं- आज महाशिवरात्रि पर्व शिवको पूजा-आराधना गरी मनाइँदै छ । फागुन कृष्ण...

अष्ट्रेलिया, सिड्नी बिशेष गरि न्यू साउथ वेल्स राज्यको सिड्नी र सिड्नीको सेरोफेरोमा...

अष्ट्रेलियाभरि रहेर नेपाली समुदाय देखि कर्मभूमि सम्म बिबिध समाजिक एबम परोपकारी कार्य...

शैक्षिक परामर्श क्षेत्रमा अब्बल परिचय बनाएर अष्ट्रेलिया पढ्न आउने बिधार्थी र माइग्रेट...

एनआरएनए युथ फोरमको आयोजना एन्फाको संयोजनमा आउँदो अप्रिल २७ आइतबारको दिन एक...

विवाह, यो एउटा शब्द मात्र होइन, यसमा गहिरो अर्थ र सन्देश लुकेको...