त्रिपक्षीय वार्तामा प्रधानमन्त्री

काठमाडौं— भारत भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहालले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी तथा चीनिया राष्ट्रपति सि जिन पिङसंग त्रीपक्षीय भेट वार्ता गर्नु भएको छ ।
भारतको गोवामा आयोजित ब्रिक्स र बिमिस्टेक देशहरुबीचको संयुक्त सम्मेलनको अघिल्लो दिन तीन देशका राष्ट्र र सरकार प्रमूखबीच भेट वार्ता भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निजी सचिवालयका अनुसार दाहाल र सिबीच २० मिनेट ‘वान टु वान’ वार्तापछि त्रिपक्षीय वार्ता भएको हो ।
वार्तामा नेपालका प्रधानमन्त्री दाहालले आफूले अघिल्लो कार्यकालमै नेपाल, भारत र चीनबीच त्रीदेशीय रणनीतिक साझेदारीको आवश्यकतामा जोड दिएकोबारे स्मरण गराउनु भएको थियो ।
प्रधानमन्त्री दाहालले नेपालले आफ्नै मौलिक आयामसहित विकासको लक्ष्य पछ्याइरहेको भन्दै त्यसका लागि दुवै छिमेकीसंग सन्तुलित, मैत्रीपूर्ण र रणनीतिक सम्बन्ध स्थापित गर्न चाहेको बताउनु भयो ।
भेटका अवसरमा चीनिया राष्ट्रपति सिले देशको भूगोल सानो र ठूलो हुनुले निर्णायक अर्थ नराख्ने भन्दै नेपालले भारत र चीनबीच पुलको काम गर्नसक्ने बताउनु भएको थियो ।
सिले नेपालले प्रस्ताव गरेको त्रीदेशीय साझेदारीको मुद्धा महत्वपूर्ण रहेको र त्यसमा चीन सकारात्मक रहेको पनि बतानु भएको थियो भने मोदीले पनि त्रीदेशीय साझेदारीको प्रस्तावमा भारत सकारात्मक रहेको बताउनु भएको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...