राष्ट्रपति भण्डारीकी छोरी र पूर्वराष्ट्रपति यादवका नातिको टीकाटालो

-- ?>

engagement

काठमाडौं— राष्ट्रपति विद्यादेवी भण्डारीकी छाेरी र पूर्वराष्ट्रपति डा. रामवरण यादवका नातिको आइतबार टीकाटालो गरिएको छ । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवका नाति अभिशेष यादव र राष्ट्रपति भण्डारीकी कान्छी छोरी निशा कुसुमबीच टीकाटालो भएको हो ।
आइतबार राष्ट्रपति भवन शितल निवासमा हिन्दू परम्परा अनुसार टीकाटालो भएको नेपाली कांग्रेसकी सांसद अर्थात् अभिषेककी आमा किरण यादवले जानकारी दिएकी छिन् ।
किरण यादव पूर्वराष्ट्रपति डा. यादवकी भतिजी हुन् । किरण दोस्रो संविधानसभा चुनावमा महोत्तरीबाट निर्वाचित सांसद् हुन् । किरणका छोरा अभिषेक बेलायतमा उच्च शिक्षा अार्जन गरिराखेका छन् भने राष्ट्रपतिकी छोरी निशाकुसुमले भारतबाट एमबिबिएस उत्रीण गरिसकेकी छिन् ।
रमाइलो संयोजन के छ भने अभिषेक र निशाकुसुम विद्यालयका सहपाठी समेत हुन् । दुवै परिवारबीच माघमा विवाह गर्ने सहमति भएको सांसद् यादवले जानकारी दिएकी छिन् ।