लोकमानको घरमा सूचना टाँस्न नपाएपछि

काठमाडौं— युवाहरुको एक समुहले अवरोध गरेपछि सर्वोच्च अदालतका तामेलदार नेतृत्वको टोली अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको घरमा म्याद (सूचना) नटाँसी फर्किएको छ ।
अख्तियार प्रमुखमा नियुक्ति सम्बन्धी मुद्दामा म्याद टाँस्न आज कार्तिक १ का दिन कार्कीको पुरानो बानेश्वरस्थित घर पुगेको टोलीलाई सामसुङ कम्पनीको कर्मचारी बताउने समूहले म्याद टाँस्न नदिएको हो ।
पटक—पटक बोलाउँदा पनि कार्की अनुपस्थित भएपछि अदालतले सूचना टाँस्न लागेको हो तर कार्कीको घरमा सूचना टाँस्ने प्रयास पनि असफल हुँदै आएको छ ।
रोहवर बस्नु पर्ने वडा सचिव सरिता राई पनि त्यहा उपस्थित भईनन् । यसअघि पनि राईले तामेलदार टोलीलाई छक्याएकी थिइन् ।
सर्वोच्च स्रोतका अनुसार अब अदालतसंग दुई वटा विकल्प छन्, पहिलो प्रहरीसंग गएर कार्कीको घरमा सूचना टाँस्ने अथवा सञ्चार माध्यममा सूचना प्रकाशित गर्ने । यी मध्ये कुन विकल्पमा अदालत अघि बढ्ने हो, निश्चित भएको छैन ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...