अन्ततः टाँसियो सूचना

-- ?>

notice1

काठमाडौं— अन्ततः सर्वोच्च अदालत धेरैपटकको प्रयासपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीको घरमा म्याद सूचना टाँस्न सफल भएको छ । सर्वोच्च अदालतका तमेलदारहरूले हिजो सोमबार कार्कीको घर तथा काठमाडौंको १० नम्बर वडा कार्यालयमा सूचना टाँसेको जानकारी दिएका छन् ।
सर्वोच्च अदालतका सहायक प्रवक्ता विश्वराज पौडेलले म्याद तामेल भइसकेको पुष्टि गरेका छन् । पौडेलका अनुसार उक्त मुद्दाको हिजै म्याद तामेल भइसकेको छ ।
कार्कीको घरमा पुगेका सर्वोच्च अदालतको टोलीलाई अवरोध गरेपनि तामेलदारहरूले वडा सचिवको रोहवरमा म्याद तामेल गरेर फर्केका हुन् ।
अदालतले १५ दिनभित्र सवुत प्रमाणसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ । सूचनामा भनिएको छ—‘सूचना तामेल भएको १५ दिनपछि मुद्दा पेशीमा चढ्न सक्नेछ ।’
कार्कीको नियुक्ति सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले ३१ भदौ २०७३ मा निस्सा प्रदान गर्ने आदेश दिएको थियो ।