दशैं तिहार शुभकामना सांझ २०१६ हुंदै 

-- The NTA ?>
img_8668गतबर्ष मात्रै स्थापना भइ अष्ट्रेलियाको नेपाली समुदायमाझ छोटो समयमा नै परिचित बनेको बिएम्एस फिल्मसले अष्ट्रेलियामा गीतको भिडियो निर्माणदेखी लिएर सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आईरहेको छ। केहि महिना अगाडी मात्र भब्य रुपमा तिज कार्यक्रम सम्पन्न गरेको बिएम्एस फिल्मसले यस बर्षको दशै तिहारलाई रमाइलो बनाउन दशैं तिहार रमाइलो शुभकामना सांझ २०१६ आयोजना गर्ने भएको छ । ओसिनिया एजुकेसनको सहकार्यमा आगामी नोभेम्बेर १२ तारिखको दिन सिड्नी रकडेलमा अबस्थित रेड रोज फंगसन हलमा सांझ ५:३० देखि कार्यक्रम आयोजना हुनेछ ।
अष्ट्रेलियामा रहेका नेपाली लोकगित पारखिलाई मनोरन्जन दिलाउने र दशै तिहारको शुभकामना आदान प्रदान गर्ने उदेस्यले कार्यक्रमको आयोजना गर्न लागिएको हो । उक्त कार्यक्रमको लागि नेपालका ख्यातिप्राप्त लोक गायक राम्जी खांड, मोडल बिजय थापा, कुन्ती लिम्बु र नब लोक गायक प्रकाश रेग्मीको प्रस्तुती रहने आयोजक संस्थाको तर्फबाट बिरेन्द्रदिप मल्लले द नेपाली टाईम्स सँगको कुराकानिमा बताउनुभयो । कार्यक्रमको लागी ५० डलर प्रबेश शुल्क राखिएको छ जसमा डिनर पनि समाबेश गरिएको छ ।
कार्यक्रम सम्बन्धि थप जानकारि र टिकटको लागि बिरेन्द्रदिप मल्ल ०४१३ ४३३ ५१५ वा नरेश रेग्मीलाई  ०४१५ ८९० ९३३ मा सम्पर्क गर्न सकिनेछ ।