म अहिले अभिनयमा मात्र केन्द्रित छु – छुल्ठिम गुरुङ, नायिका/निर्मात्री
रेडियो जक्की, भिडियो जक्की, नृत्यांगना, गायिका, मोडल हुँदै नेपाली फिल्ममा नायिका बन्न सफल भएकी कलाकार हुन् छुल्ठिम गुरुङ । गायक धिरज राईकी पूर्व श्रीमतीको रुपमा समेत उनलाई चिन्न सकिन्छ । धिरजसंगको केही वर्षको वैवाहिक जीवनपछि उनीहरूपछि डिभोर्स भयो । यतिबेला छुल्ठिम सिंगल छिन् । पहिलो फिल्म ‘नोभेम्बर रेन’ बाटै दर्शकको मन जित्न सफल छुल्ठिमले उक्त फिल्मपछि कुनै पनि नेपाली फिल्ममा अभिनय नै नगर्ने घोषणा समेत गरिन् । लगत्तै उनले गायन तथा मोडलिङ हात हालिन् । केही गीतका म्युजिक भिडियोका समेत तयार पारेर दर्शक तथा स्रोतामाझ आएकी छुल्ठिम यतिबेला पुन: नेपाली फिल्ममै फर्किएकी छिन् । यसपटक उनी नायिका मात्र होइन निर्मात्रीको रुपमा समेत दर्शकमाझ आउने तयारी गर्दैछिन् । केही साताअघि देखि छायांकन प्रारम्भ भएको नेपाली फिल्म ‘डायरी’ मार्फत पुन: एक पटक रजतपटमा आउने तयारी गरिरहेकी छुल्ठिमसँग द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईको हट टक :
फिल्ममा अभिनय नै नगर्ने आफ्नो घोषणा विरुद्ध जानु भयो नि ?
‘नोभेम्बर रेन’ पछि खै किन हो मलाई नेपाली फिल्म उद्योगप्रति नै वितृष्णा जागेको थियो । उक्त फिल्म सफल भए पनि मलाई किन हो किन अभिनयमा फर्किनै मन लागेको थिएन ।
तर अचानक मुड चेञ्ज कसरी भयो त ?
पछिल्लो समय आएर म कलाकारिताकै लागि जन्मिएकी हुँ भन्ने लाग्यो । यसबीच नेपाली फिल्मको बजार समेत विस्तार भएकाले पुन: फिल्ममा सक्रिय हुने निर्णय गर्न बाध्य भएँ ।
एकैपटक निर्मात्री नै बन्ने निर्णय कसरी गर्नु भयो ?
फिल्म क्षेत्रमा सक्रिय भएको व्यक्तिले कुनै न कुनै दिन निर्माता अथवा निर्देशक बन्ने सपना देखेको हुन्छ । मैले पनि त्यो सपना देखेकी थिएँ जुन मैले सोचेको भन्दा पहिला नै साकार भयो ।
फिल्म निर्माण गर्न कत्तिको गाह्रो हुने रहेछ ?
कुनै पनि काम सजिलो त कहाँ हुन्छ र ? झन् फिल्म निर्माण त विसुद्ध टिम वर्क हो । मलाई टिमवर्कमा असाध्यै विश्वास छ । त्यही विश्वासका आधारित फिल्म निमार्णमा जुटेकी हुँ । यतिबेला हामी फिल्मको छायांकनकै क्रममा छौं । आजको मितिसम्म मैले फिल्म निर्माण इञ्जोय नै गरिरहेकी छु भन्दा फरक नपर्ला ।
निर्माणमा ध्यान दिँदा अभिनय बिग्रन सम्भावना कत्तिको रहन्छ ?
म त्यो कुरामा सचेत छु । त्यसैले मैले दुबै विधामा समानान्तर रुपमा समय निर्धारण गरेकी छु । त्यसै पनि म पहिला कलाकार हुँ अनि मात्र निर्मात्री । मलाई निर्मँणमा सहयोग गर्ने थुप्रै हातहरू छन् । त्यसैले पनि मैले अभिनयमा बढि नै ध्यान दिने समय पाइरहेकी छु ।
वैवाहिक जीवन बिग्रनुमा कसलाई दोष दिनु हुन्छ ?
म यो विषयमा धेरै बोल्न चाहान्न तर हाम्रो वैवाहिक जीवन बिग्रनुमा म समयलाई दोष दिन्छु ।
अब अर्को विवाह नगर्ने ?
अहिले नै त्यस्तो कुनै सोचाइ बनाइसकेको छु । भविष्यका बारेमा म अहिले नै केही भन्न सक्दिन तर वर्तमानमा मैले त्यसतर्फ केही पनि सोचेको छैन ।
प्रेममा हुनुहुन्छ कि ?
अहिले मसंग प्रेम, रोमान्स तथा विवाहका बारेमा सोच्ने फुर्सद नै पाएको छैन ।
भविष्यमा प्रेम विवाह गर्ने कि मागी विवाह ?
मैले अघि नै भनें नि, यी सबै भविष्यका कुरा हुन् । कसैसंग मन साटासाट भयो भने प्रेम विवाह पनि हुनसक्छ, नत्र मागी विवाह । विवाह नै नगरी पनि बस्न सकिन्छ ।
यौन जीवनलाई कसरी सम्हाल्नु हुन्छ नि ?
त्यो त अति व्यक्तिगत कुरा हो । म अहिले सिंगल भएकी मैले त्यसतर्फ ध्यान दिनु पर्छ जस्तो लाग्दैन ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...