म अहिले अभिनयमा मात्र केन्द्रित छु – छुल्ठिम गुरुङ, नायिका/निर्मात्री

रेडियो जक्की, भिडियो जक्की, नृत्यांगना, गायिका, मोडल हुँदै नेपाली फिल्ममा नायिका बन्न सफल भएकी कलाकार हुन् छुल्ठिम गुरुङ । गायक धिरज राईकी पूर्व श्रीमतीको रुपमा समेत उनलाई चिन्न सकिन्छ । धिरजसंगको केही वर्षको वैवाहिक जीवनपछि उनीहरूपछि डिभोर्स भयो । यतिबेला छुल्ठिम सिंगल छिन् । पहिलो फिल्म ‘नोभेम्बर रेन’ बाटै दर्शकको मन जित्न सफल छुल्ठिमले उक्त फिल्मपछि कुनै पनि नेपाली फिल्ममा अभिनय नै नगर्ने घोषणा समेत गरिन् । लगत्तै उनले गायन तथा मोडलिङ हात हालिन् । केही गीतका म्युजिक भिडियोका समेत तयार पारेर दर्शक तथा स्रोतामाझ आएकी छुल्ठिम यतिबेला पुन: नेपाली फिल्ममै फर्किएकी छिन् । यसपटक उनी नायिका मात्र होइन निर्मात्रीको रुपमा समेत दर्शकमाझ आउने तयारी गर्दैछिन् । केही साताअघि देखि छायांकन प्रारम्भ भएको नेपाली फिल्म ‘डायरी’ मार्फत पुन: एक पटक रजतपटमा आउने तयारी गरिरहेकी छुल्ठिमसँग द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधि कृष्ण भट्टराईको हट टक :
फिल्ममा अभिनय नै नगर्ने आफ्नो घोषणा विरुद्ध जानु भयो नि ?
‘नोभेम्बर रेन’ पछि खै किन हो मलाई नेपाली फिल्म उद्योगप्रति नै वितृष्णा जागेको थियो । उक्त फिल्म सफल भए पनि मलाई किन हो किन अभिनयमा फर्किनै मन लागेको थिएन ।
तर अचानक मुड चेञ्ज कसरी भयो त ?
पछिल्लो समय आएर म कलाकारिताकै लागि जन्मिएकी हुँ भन्ने लाग्यो । यसबीच नेपाली फिल्मको बजार समेत विस्तार भएकाले पुन: फिल्ममा सक्रिय हुने निर्णय गर्न बाध्य भएँ ।
एकैपटक निर्मात्री नै बन्ने निर्णय कसरी गर्नु भयो ?
फिल्म क्षेत्रमा सक्रिय भएको व्यक्तिले कुनै न कुनै दिन निर्माता अथवा निर्देशक बन्ने सपना देखेको हुन्छ । मैले पनि त्यो सपना देखेकी थिएँ जुन मैले सोचेको भन्दा पहिला नै साकार भयो ।
फिल्म निर्माण गर्न कत्तिको गाह्रो हुने रहेछ ?
कुनै पनि काम सजिलो त कहाँ हुन्छ र ? झन् फिल्म निर्माण त विसुद्ध टिम वर्क हो । मलाई टिमवर्कमा असाध्यै विश्वास छ । त्यही विश्वासका आधारित फिल्म निमार्णमा जुटेकी हुँ । यतिबेला हामी फिल्मको छायांकनकै क्रममा छौं । आजको मितिसम्म मैले फिल्म निर्माण इञ्जोय नै गरिरहेकी छु भन्दा फरक नपर्ला ।
निर्माणमा ध्यान दिँदा अभिनय बिग्रन सम्भावना कत्तिको रहन्छ ?
म त्यो कुरामा सचेत छु । त्यसैले मैले दुबै विधामा समानान्तर रुपमा समय निर्धारण गरेकी छु । त्यसै पनि म पहिला कलाकार हुँ अनि मात्र निर्मात्री । मलाई निर्मँणमा सहयोग गर्ने थुप्रै हातहरू छन् । त्यसैले पनि मैले अभिनयमा बढि नै ध्यान दिने समय पाइरहेकी छु ।
वैवाहिक जीवन बिग्रनुमा कसलाई दोष दिनु हुन्छ ?
म यो विषयमा धेरै बोल्न चाहान्न तर हाम्रो वैवाहिक जीवन बिग्रनुमा म समयलाई दोष दिन्छु ।
अब अर्को विवाह नगर्ने ?
अहिले नै त्यस्तो कुनै सोचाइ बनाइसकेको छु । भविष्यका बारेमा म अहिले नै केही भन्न सक्दिन तर वर्तमानमा मैले त्यसतर्फ केही पनि सोचेको छैन ।
प्रेममा हुनुहुन्छ कि ?
अहिले मसंग प्रेम, रोमान्स तथा विवाहका बारेमा सोच्ने फुर्सद नै पाएको छैन ।
भविष्यमा प्रेम विवाह गर्ने कि मागी विवाह ?
मैले अघि नै भनें नि, यी सबै भविष्यका कुरा हुन् । कसैसंग मन साटासाट भयो भने प्रेम विवाह पनि हुनसक्छ, नत्र मागी विवाह । विवाह नै नगरी पनि बस्न सकिन्छ ।
यौन जीवनलाई कसरी सम्हाल्नु हुन्छ नि ?
त्यो त अति व्यक्तिगत कुरा हो । म अहिले सिंगल भएकी मैले त्यसतर्फ ध्यान दिनु पर्छ जस्तो लाग्दैन ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...



