मनोरन्जनात्मक परोपकारि दशैं साझ २०१६ सम्पन्न

-- The NTA / प्रकाशित मिति : बुधबार, कार्तिक ३, २०७३
bridge-the-gap-1२०१२ मा स्थापना भएको बृज द ग्याप नेपाल मिडियामा कम सुनिए पनि धेरै परोपकारी कार्य गर्दै आएको संस्था हो। आफ्नो परोपकारी अभियानलाई निरन्तरता दिदै  गत अक्टोबर २ तारिखका दिन क्याम्सिको ओरियन हलमा करिब ८२० दर्शक सहित यस संस्थाले  मनोरन्जनलाई परोपकारी संग जोडदै परोपकारि दशैं साझ २०१६ सम्पन्न गरेको छ । नेपालमा  लम्जुङको शारदा माध्यामिक बिधालयको भबन निर्माणार्थ आयोजना गरिएको उक्त कार्यक्रममा ख्यातिप्राप्त हाँस्यकलाकार मनोज गजुरेल र गायिका इन्दिरा जोशिको जोड्दार प्रस्तुती रहेको थियो ।
bridge-the-gap-2बिधालयको भबन निर्माण गर्न करिब  $४३००० लाग्ने र उक्त कार्यक्रम बाट खर्च कटाएर $१७०६२ रकम जम्मा गर्न सफल भएको सँस्थाकी दिपु न्यौपानेले द नेपाली टाईम्स अस्ट्रेलिया सँगको कुराकानीमा बताउनुभयो । केहि समय अघी क्यान्टरबरि चर्चको सहकार्यमा ‘लब नेपाल’ कार्यक्रम गरेर $१२१२९ संकलन गरिएको र एशफिल्डको बनिगंसमा ससेज रोल बेचेर $८६६० संकलन गरिएको जानकारि पनि न्यौपानेले दिनुभयो ।
भबन निर्माणमा अनुमानित रकम $४३००० मा $३७८०० संकलन भइसकेको र  बांकि केहि रकम यहि नोभेम्बर १३ मा बारबिक्यु गरेर संकलन गर्ने ब्रिज द ग्याप नेपालका अध्यक्ष शिब श्रेष्ठले बताउनुभयो । संकलित रकम आफु नै उपस्थित भइ हस्तान्तरण गर्ने कार्यक्रमको लागि नेपालबाट आउनु भएका हाँस्यकलाकार मनोज गजुरेलले बताउनु कार्यक्रमको समाप्ति पछि जानकारी दिनु भयो।