बैठक नै नबसी संसद स्थगित, महाअभियोग पनि पेस भएन
काठमाडौं- व्यवस्थापिका संसदको आज विहीबारको बैठक बस्दै नबसी स्थगित भएको छ ।
आजको बैठकमा अख्तियारका प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।
माओवादी र एमालेका १५७ सांसदहरुले बुधबार कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए ।
प्रस्ताव दर्ता लगाएसंगै संसद सचिवालयले विहीबारको बैठकमा नै सो प्रस्ताव संसद बैठकमा पेश गर्ने गरी तयारी समेत गरेको थियो । तर, विहीबार संसद बैठक बस्नु केहि समयअघि सूचना टाँसेर आइतबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिइएको छ । प्रमुख दलहरुबीच छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गर्नुपरेको सभामुख ओनसरी घर्ती निकट स्रोतले जानकारी दिएको छ ।
अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको महाअभियोगको प्रस्ताव पछि उत्पन्न राजनीतिक परिस्थितिका कारण घर्तीले जेनेभा जाने कार्यक्रम अन्तिम समयमा स्थगित समेत गरेकी छन् ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...