बैठक नै नबसी संसद स्थगित, महाअभियोग पनि पेस भएन

काठमाडौं- व्यवस्थापिका संसदको आज विहीबारको बैठक बस्दै नबसी स्थगित भएको छ ।
आजको बैठकमा अख्तियारका प्रमुख लोकमानसिंह कार्की विरुद्ध दर्ता भएको महाअभियोगको प्रस्ताव पेश गर्ने कार्यसूची थियो ।
माओवादी र एमालेका १५७ सांसदहरुले बुधबार कार्कीविरुद्ध महाअभियोगको प्रस्ताव दर्ता गराएका थिए ।
प्रस्ताव दर्ता लगाएसंगै संसद सचिवालयले विहीबारको बैठकमा नै सो प्रस्ताव संसद बैठकमा पेश गर्ने गरी तयारी समेत गरेको थियो । तर, विहीबार संसद बैठक बस्नु केहि समयअघि सूचना टाँसेर आइतबारसम्मका लागि बैठक स्थगित भएको जानकारी दिइएको छ । प्रमुख दलहरुबीच छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गर्नुपरेको सभामुख ओनसरी घर्ती निकट स्रोतले जानकारी दिएको छ ।
अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध परेको महाअभियोगको प्रस्ताव पछि उत्पन्न राजनीतिक परिस्थितिका कारण घर्तीले जेनेभा जाने कार्यक्रम अन्तिम समयमा स्थगित समेत गरेकी छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...