महाभियोगले आयोगलाई आहत

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता भएपछि सिंगो आयोगलाई आहत पुगेको धारणा सार्वजनिक गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले आइतबार जारी गरेको तीन पृष्ठको प्रेस विज्ञप्तिमा महाभियोग प्रस्तावले सिंगो आयोग परिवारलाई आहत पुगेको उल्लेख छ ।
महाभियोग प्रस्ताव दर्तापछि कार्कीले विगतमा गरेका त्रृटिपूर्ण काम–कारबाहीबारे र निलम्बित भइसकेपछि पनि आयोगकै निवासबाट स्रोत–साधनको दुरुपयोग गरेको समाचार सार्वजनिक भएपछि बस्न्यातले गोपनीयताका नाममा सूचना दिनेलाई घुमाउरो तरिकाले धम्क्याएका छन् । विज्ञप्तिमा भनिएको छ—‘आयोगको अनुसन्धान प्रक्रिया र त्यसको गोपनीयताको प्रश्न अत्यन्तै गम्भीर र मार्मिक भएकाले सूचना अधिकारी र प्रवक्तामार्फत मात्र सार्वजनिक हुनेछ ।’
निलम्बनमा परेपछि पनि सरकारी निवासबाटै पद जोगाउन चलखेलमा जुटेका कार्की र उनका सहयोगीको सल्लाहअनुसार नै कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले आइतबार आयोगका पदाधिकारी र कर्मचारीलाई निर्देशन दिएका थिए । आयोग उच्च स्रोतका अनुसार कार्कीकै योजनामा धम्क्याउने र अप्रत्यक्ष समर्थन देखाउने नियतले आइतबार प्रेस विज्ञप्ति सार्वजनिक गरिएको हो ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...