महाभियोगले आयोगलाई आहत

काठमाडौं— अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध महाभियोग प्रस्ताव संसदमा दर्ता भएपछि सिंगो आयोगलाई आहत पुगेको धारणा सार्वजनिक गरेको छ ।
आयोगका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले आइतबार जारी गरेको तीन पृष्ठको प्रेस विज्ञप्तिमा महाभियोग प्रस्तावले सिंगो आयोग परिवारलाई आहत पुगेको उल्लेख छ ।
महाभियोग प्रस्ताव दर्तापछि कार्कीले विगतमा गरेका त्रृटिपूर्ण काम–कारबाहीबारे र निलम्बित भइसकेपछि पनि आयोगकै निवासबाट स्रोत–साधनको दुरुपयोग गरेको समाचार सार्वजनिक भएपछि बस्न्यातले गोपनीयताका नाममा सूचना दिनेलाई घुमाउरो तरिकाले धम्क्याएका छन् । विज्ञप्तिमा भनिएको छ—‘आयोगको अनुसन्धान प्रक्रिया र त्यसको गोपनीयताको प्रश्न अत्यन्तै गम्भीर र मार्मिक भएकाले सूचना अधिकारी र प्रवक्तामार्फत मात्र सार्वजनिक हुनेछ ।’
निलम्बनमा परेपछि पनि सरकारी निवासबाटै पद जोगाउन चलखेलमा जुटेका कार्की र उनका सहयोगीको सल्लाहअनुसार नै कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले आइतबार आयोगका पदाधिकारी र कर्मचारीलाई निर्देशन दिएका थिए । आयोग उच्च स्रोतका अनुसार कार्कीकै योजनामा धम्क्याउने र अप्रत्यक्ष समर्थन देखाउने नियतले आइतबार प्रेस विज्ञप्ति सार्वजनिक गरिएको हो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...