काँग्रेस महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक, मतदान राष्ट्रिय सभा गृहमा हुने
नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ। निर्वाचन कार्यक्रमअनुसार आज दिउँसो २ बजे मतदाताको नामावली प्रकाशन गरिएको छ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक गरिएको नामावलीमा दुई हजार ८६८ जनाको नाम रहेको काँग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिए। धनुषा क्षेत्र नम्बर-५ बाहेक अन्य सबै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि छानिएको उनले बताए। प्रकाशित नामावलीमा केही भातृ तथा शुभेच्छुक सङ्गठन र विदेशस्थित जनसम्पर्क समितिबाट आउनुपर्ने नामावली समावेश नभएको केसीले जानकारी दिए।
उनीहरुको नामावली आउने क्रममा रहेकाले निर्वाचनको अन्य प्रक्रिया सुरु हुनुभन्दा अगाडि नै उनीहरुको नामावली समावेश गरिने उनको भनाइ छ । निर्वाचन समितिले उम्मेदवारी दर्ताको समय भने यही फागुन २० गते बिहान ८ बजेदेखि अपराह्न ५ बजेसम्मलाई तय गरेको छ । उम्मेदवारको पहिलो नामावली प्रकाशन भने भोलिपल्ट फागुन २१ गते बिहान ११ बजे हुने भएको छ ।
प्रकाशित नामावलीमाथि संशोधनको समय २१ गते बिहान ११ बजेदेखि १ बजेसम्म तोकिएको छ भने दाबी विरोधका लागि २ बजेदेखि ४ बजेसम्म समय मिलाइएको छ । निर्वाचन समितिमा परेको दाबी विरोधअनुसार निर्वाचन समितिले गर्नुपर्ने जाँचबुझ भने त्यही दिन बेलुका ६ बजेसम्म गरिने भएको छ।
उम्मेदवारी दर्ता गरेका उम्मेदवारलाई उम्मेदवारी फिर्ताका लागि निर्वाचन समितिले २२ गते बिहान ९ बजे देखि ११ बिहान बजेसम्मको समय तोकेको छ। उम्मेदवारी फिर्ता लिने समय सकिनासाथ बिहान ११ बजे नै निर्वाचन समितिले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने भएको छ।
काठमाडौँको भृकुटीमण्डपमा बन्दसत्र हुने भएकाले भृकुटीमण्डप र पार्टी केन्द्रीय कार्यालय सानेपामा यी सूचना प्रकाशित हुने सचिव केसीले बताए। मतदान भने राष्ट्रिय सभागृहमा हुने भएको छ। उनका अनुसार फागुन २३ गते बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समयावधि तोकिएको छ। मतदान सकिएपछि उम्मेदवार र निर्वाचन समितिको संयुक्त बैठकको निर्णयअनुसार मतगणनाको समय तोकिने निर्वाचन समितिले जनाएको छ।
विद्युतीय यन्त्रबाट मतदानको व्यवस्था नहुने भएकाले मतगणनाका लागि केही दिन लाग्न सक्ने केसीले बताए। उनले प्राविधिक समस्याका कारण विद्युतीय यन्त्रमार्फत मतदानको कार्यक्रम नहुने निर्णय भएको जानकारी दिए।
काँग्रेसको १३औँ महाधिवेशन यही फागुन २० गतेदेखि २३ गतेसम्म काठमाडौँमा हुँदैछ। महाधिवेशका लागि महाधिवेशन प्रतिनिधि तथा काँग्रेस नेता कार्यकर्ता काठमाडौँ आउने क्रम तीव्र भएको छ। काँग्रेस नेता तथा कार्यकर्ता काठमाडौँ आउन थालेपछि काठमाडौँमा अहिले काँग्रेसको महाधिवेशनको चहलपहल बढेको छ। रासस
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...