भाइटीकाको साइत ११:५२ मा

काठमाडौं- नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसवर्षको तिहारको टीकाको उत्तम साइत कात्तिक १६ गते मंगलबार (नोभेम्बर १) मध्याह्न ११ बजेर ५२ मिनेट (नेपाली समय अनुसार) भएको जनाएको छ ।
समितिको सोमबारको बैठकले उक्त निर्णय गरेको समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिएका छन् । ‘यस वर्ष टीका लगाउन नहुने समय नभएकाले कात्तिक शुक्ल द्वितीयाका दिन दिनभरि टीका लगाउन सकिन्छ, साइत खोज्नेका लागि भने ११ः५२ बजेको समय उत्तम छ’ भनेका छन् ।
कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म यमपञ्चक अर्थात् तिहार पर्व मनाइन्छ ।
यस वर्ष कात्तिक १२ गते (अक्टोबर २८) शुक्रबार कागतिहार, १३ गते (अक्टोबर २९) शनिबार कुकुर तिहार, १४ गते आइतबार (अक्टोबर ३०) लक्ष्मीपूजा, १५ गते सोमबार (अक्टोबर ३१) गोवद्र्धन पूजा, गाई पूजा र ह्मपूजा र कात्तिक १६ गते भाइटीका परेको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...