काठमाडौंमा दुई फिल्मको प्रिमियर

काठमाडौं— आज शुक्रवारदेखि प्रदर्शन भएको फिल्म ‘राधा’ तथा आगामी शुक्रवारदेखि प्रदर्शन हुने चलचित्र ‘द विनर’ ले हिजो बिहिबार काठमाडौंमा दुई अलग–अगल सिनेमा हलमा प्रिमियर शो गरेका छन् ।
सिटी सेन्टरस्थित बिग मुभिजमा योगेश घिमिरेद्वारा निर्देशित फिल्म ‘राधा’ को प्रिमियरमा अभिनेता जीवन लुईंटेल तथा अभिनेत्री सञ्चिता लुईंटेल आकर्षणको केन्द्र बने । सञ्चारकर्मीको बाक्लो उपस्थितीमा अधिकांश फोटो पत्रकारहरु जीवन र सञ्चितालाई क्यामरा कैद गर्न व्यस्त देखिन्थे । पूर्वी नेपालका रमणीय लोकेशनमा छायांकन गरिएको यो फिल्म तिहारको अवसर पारेर देशभरी प्रदर्शन भएको हो ।

कुमारी हलमा आयोजित ‘द विनर’ को प्रिमियर शोमा भने अधिकांश नया अनुहार देखिए । महेशमान श्रेष्ठ, मञ्चिन शाक्य, मलिना जोशी, रेसु तामाङ, अमित गिरी आदि नया“ कलाकारले अभिनय गरेको यो फिल्मका अधिकांश छायांकन विदेशमा गरिएको छ । यो फिल्म कात्तिक १९ गतेदेखि प्रदर्शन हुनेछ ।
तस्बिरहरु : महेश प्रधान
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...