काठमाडौंमा दुई फिल्मको प्रिमियर

काठमाडौं— आज शुक्रवारदेखि प्रदर्शन भएको फिल्म ‘राधा’ तथा आगामी शुक्रवारदेखि प्रदर्शन हुने चलचित्र ‘द विनर’ ले हिजो बिहिबार काठमाडौंमा दुई अलग–अगल सिनेमा हलमा प्रिमियर शो गरेका छन् ।
सिटी सेन्टरस्थित बिग मुभिजमा योगेश घिमिरेद्वारा निर्देशित फिल्म ‘राधा’ को प्रिमियरमा अभिनेता जीवन लुईंटेल तथा अभिनेत्री सञ्चिता लुईंटेल आकर्षणको केन्द्र बने । सञ्चारकर्मीको बाक्लो उपस्थितीमा अधिकांश फोटो पत्रकारहरु जीवन र सञ्चितालाई क्यामरा कैद गर्न व्यस्त देखिन्थे । पूर्वी नेपालका रमणीय लोकेशनमा छायांकन गरिएको यो फिल्म तिहारको अवसर पारेर देशभरी प्रदर्शन भएको हो ।
कुमारी हलमा आयोजित ‘द विनर’ को प्रिमियर शोमा भने अधिकांश नया अनुहार देखिए । महेशमान श्रेष्ठ, मञ्चिन शाक्य, मलिना जोशी, रेसु तामाङ, अमित गिरी आदि नया“ कलाकारले अभिनय गरेको यो फिल्मका अधिकांश छायांकन विदेशमा गरिएको छ । यो फिल्म कात्तिक १९ गतेदेखि प्रदर्शन हुनेछ ।
तस्बिरहरु : महेश प्रधान

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...