भारतीय राष्ट्रपतिले पशुपतिनाथमा विशेष पूजा गर्ने
काठमाडौं-पशुपतिनाथ मन्दिरमा भारतीय राष्ट्रपति प्रणव मुखर्जीले विशेष पूजा गर्ने कार्यक्रम अनुसार त्यसको पूर्वतयारी हुँदैछ ।
नोभेम्बर ३ का दिन बिहान राष्ट्रपति मुखर्जीले पशुपतिमा विशेष पूजा गर्ने जानकारी प्राप्त भएअनुसार तयारी शुरु गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डनले जानकारी दिए ।
‘राष्ट्रपति मुखर्जीले नेपालका राष्ट्रपति, पूर्वराजाले जस्तै पशुपतिनाथ मन्दिरको गर्भगृहमा दक्षिपट्टि बसी अभिषेकसहितको विशेष पूजा गर्नुहुनेछ, मूलभट्ट गणेश भट्टले विशेष पूजा गराउनुहुनेछ, २२ जना नेपाली वैदिक पण्डितले वैदिक रुद्राभिषेक गर्नुहुनेछ’–उनले भने ।
पशुपतिको पश्चिम मूलद्वारबाट भारतीय राष्ट्रपति मुखर्जी प्रवेश गरेपछि नेपाल वेद विद्याश्रमका १०८ वटुकले उनको स्वागतमा विशेष स्वस्ति वाचन गर्ने कार्यक्रम छ ।
गार्गी कन्या गुरुकुलका छात्राले पनि पशुपति परिसरको दायाँबायाँ बसी उनको स्वागत गर्नेछन् । राष्ट्रपति मुखर्जी गौशाला चोकबाट पशुपति परिसरमा प्रवेश गरेपछि उनको स्वागतमा धिमेबाजा, पञ्चेबाजा लगायत बाजागाजा एवम् मौलिक धुन प्रस्तुत गरिने छ । स्थानीयवासीले परिसरमा उभिएर राष्ट्रपति मुखर्जीको स्वागत गर्नेछन् ।
पशुपतिमा विशेष पूजाको तयारीस्वरुप प्रवेशद्वारको निर्माण, सरसफाइ लगायत काम भइरहेको छ । विशेष पूजालाई ध्यानमा राखी पाशुपत क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।
मित्रराष्ट्र भारतका राष्ट्राध्यक्षको विशेष पूजालाई अविस्मरणीय बनाउने गरी तयारी भइरहेको सदस्यसचिव डा टण्डनको भनाइ थियो ।
भ्रमणलाई ध्यानमा राखी पशुपति क्षेत्रमा भइरहेको ढल बिच्छ्याउने एवम् भूकम्पपछिको पुनःनिर्माणलाई पनि थाती राखिएको छ ।
राष्ट्रपति मुखर्जी पशुपति दर्शन विधिअनुसार पशुपति परिक्रमा गरी गर्भगृहमा प्रवेश गरेर विशेष पूजा सकी फर्केपछि आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसपछि कोषका तर्फबाट उनलाई उपहारस्वरुप मायाको चिनो प्रदान गरिनेछ ।
यसअघि १८ वर्षअघि भारतका तत्कालीन राष्ट्रपति के आर नारायणनले पशुपतिमा पूजा गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विसं २०७१ साउनमा पनि पशुपतिमा विशेष पूजा गरेका थिए ।
पशुपतिनाथ मन्दिरलाई द्वादश ज्योतिर्लिङ्गको पनि शिर मानिने भएकाले भारत एवम् विश्वभरका हिन्दू धर्मावलम्बीको विशेष आकर्षणको केन्द्र बन्ने गरेको छ ।
विसं २०६६ मा भेटीघाटी पारदर्शी एवम् पूजा व्यवस्थासम्बन्धी नियमावली सार्वजनिक भएपछि पशुपतिमा गरिने पूजाको रकम तोकिएको र विशिष्ट व्यक्तिको विशेष पूजामा तत्कालै रसिद काटिने परम्परा छ ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...