बिज बजर्स ओएसिस वारियर्स बास्केटबल कप विजेता 

-- The NTA / प्रकाशित मिति : बुधबार, कार्तिक १७, २०७३
14877187_10211001531344685_633515833_nओएसिस एजुकेसन सिड्निको आयोजनामा हालै सम्पन्न ओएसिस वारियर्स कप बास्केटबल टुर्नामेन्ट २०१६ मा बिज बजर्सले उत्कृष्ट पर्दर्शन गर्दै प्रतियोगितामा प्रथम स्थान हासिल गर्न सफल भएको छ । गत अक्टोबर ३० तारिखका दिन सिड्नि ब्यान्क्सटाउनमा रहेको कोन्डेल पार्कमा बिहान ७ बजेदेखि दिउंसो ३ बजेसम्म सम्पन्न प्रतियोगितामा २८ को बिरुद्द ३४ ले ओएसिस वोरिअर्सलाई हराऊँदै बिज बजर्सले उपाधि चुम्न सफल भएको थियो । कुल पाँच टिमले भाग लिएको उक्त रोमान्चक प्रतिस्पर्धात्मक खेलको प्रतियोगिता भरि मोस्ट भ्यालुएबल प्लेअर(MVP) कूँगा शेर्पा, हाइएस्ट स्कोरर कबीर भारद्वाज, इमर्जिंग प्लअर धन तमांग र बेस्ट रेबाउंडर नबीन अधिकारीलाई घोषित गरी सम्मान गरिएको थियो । बिज बजर्स, ओएसिस वोरिअर्स बाहेक सहभागी अन्य उत्कृष्ट टिमहरुमा नेपाली अस्ट्रलियन युथ एसोसिएसन (नया), थकाली सेवा समिति र क्लब काठमांडूको सहभागिता थियो।
 14881442_10211001534424762_1639023940_o
आयोजकको अनुसार यस बास्केटबल प्रतियोगितामा प्रथम हुने बिज बजर्सले ११०० डलर नगद र प्रमाणपत्र साथै द्दितिय हुने आयोजक ओएसिस वोरिअर्सले नगद ५५० डलर र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको समापन कार्यक्रममा ओएसिस वारियर्स बास्केटबल कप प्रतियोगिताका को-अर्डिनेटर प्रदिप केसिले यस प्रतियोगिता सम्पन्न गर्न सम्पूर्ण रुपमा सहयोग गर्ने सम्पूर्ण खेलड़िहरु, स्पॉन्सर र सपोर्टरहरू लाई धन्यवाद दिनु भएको थियो । द नेपाली टाईम्स अस्ट्रेलिया सँगको कुराकानीमा केसिले बास्केटबल प्रतिको सबैको उत्साह देखेरे आयोजक टिम एकदमै खुशी भएको र भविष्य पनि यस प्रतियोगितालाई निरन्तरता दिने बताउनु भयो।