भारतीय राष्ट्रपति मुखर्जी काठमाडौंमा
काठमाडौं- भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिने राजकीय भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । राष्ट्रपति मुखर्जी इण्डियन एअर फोर्सको विमानबाट मध्यान्ह १२:३० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। भारतीय समकक्षीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमा पुगेकी थिइन् ।
भारतीय राष्ट्रपतिलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु तथा विशिष्ट व्यक्तिहरु विमानस्थल पुगेका थिए । भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै ।
विमानस्थलको विशेष समारोहपछि राष्ट्रपति भण्डारीका साथ भारतीय राष्ट्रपति एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ प्रस्थान गरेका छन् ।
राष्ट्रपतिको सवारी मार्ग विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवाससम्मको मार्गमा सर्वसाधारण नेपाल र भारतका राष्ट्रिय झण्डा फहराएर अतिथिको स्वागतार्थ उभिएका थिए ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...