भारतीय राष्ट्रपति मुखर्जी काठमाडौंमा

काठमाडौं- भारतीय राष्ट्रपति प्रणव मुखर्जी तीन दिने राजकीय भ्रमणका क्रममा काठमाडौं आइपुगेका छन् । राष्ट्रपति मुखर्जी इण्डियन एअर फोर्सको विमानबाट मध्यान्ह १२:३० त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। भारतीय समकक्षीलाई स्वागत गर्न राष्ट्रपति विद्यादेवी भण्डारी विमानस्थलमा पुगेकी थिइन् ।
भारतीय राष्ट्रपतिलाई स्वागत गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, उपप्रधानमन्त्रीहरु, मन्त्रीहरु तथा विशिष्ट व्यक्तिहरु विमानस्थल पुगेका थिए । भारतका राष्ट्रपतिको सम्मानमा नेपाली सेनाले २१ तोपको सलामी पनि दिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई त्रिभुवन विमानस्थलमा स्वागत गर्दै ।
विमानस्थलको विशेष समारोहपछि राष्ट्रपति भण्डारीका साथ भारतीय राष्ट्रपति एउटै मोटरमा राष्ट्रपति कार्यालय शीतलनिवासतर्फ प्रस्थान गरेका छन् ।
राष्ट्रपतिको सवारी मार्ग विमानस्थलदेखि राष्ट्रपति कार्यालय शीतलनिवाससम्मको मार्गमा सर्वसाधारण नेपाल र भारतका राष्ट्रिय झण्डा फहराएर अतिथिको स्वागतार्थ उभिएका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...