आजदेखि ‘द विनर’, ‘द विनर-२’ को घोषणा

काठमाडौं— आज शुक्रबारदेखि अल नेपाल प्रर्दशन हुन् लागेको फिल्म ‘द विनर’को टिमले प्रर्दशन अगावै ‘द विनर २’को घोषणा गरेको छ । बिहिबार आयोजित एक कार्यक्रममा उक्त फिल्मको घोषणा गरिएको हो । फिल्मको प्री प्रोडक्सन काम करिब सकिएको र चाडै फ्लोरमा जाने निर्माण पक्ष्यले जनाएको छ ।
बलिउड तथा हलिउड फिल्मको स्तरीयता दिने प्रयास गरिएको फिल्म ‘द विनर’ कहिल्यै हार्न नजान्ने एक युवकको संघर्षमा आधारित छ । फिल्मको छायांकन अष्ट्रेलिया, दुबई र नेपालमा गरिएको छ । फिल्ममा महेशमान श्रेष्ठ, पूर्व मिस नेपाल मलिना जोशी, रोयल मास्के, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ , अमित गिरी लगायतको मुख्य भूमिका रहेको छ ।
हिक्मत बिष्टको निर्देशन रहेको फिल्मलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा बिकास खरेल, सुबोध ठकुरी, रितेश राणा, सृजना शाह, रोयल मास्केले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
गत साता मात्रै फिल्मको प्रिमियर गरिएको थियो । राजधानीको कुमारी हलमा आयोजित भब्य रेड कार्पेट प्रिमियरमा फिल्मकर्मी, रंगकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिती थियो । प्रिमियरबाट प्राप्त प्रतिक्रियाका कारणले पनि आफ्नो टिम ‘द विनर २’को निर्माणमा हौसिएको निर्माता बिकाश खरेलले जानकारी दिए । ‘द विनर’ भोलिबाट देशभर प्रर्दशनमा आउदै छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...