आजदेखि ‘द विनर’, ‘द विनर-२’ को घोषणा

काठमाडौं— आज शुक्रबारदेखि अल नेपाल प्रर्दशन हुन् लागेको फिल्म ‘द विनर’को टिमले प्रर्दशन अगावै ‘द विनर २’को घोषणा गरेको छ । बिहिबार आयोजित एक कार्यक्रममा उक्त फिल्मको घोषणा गरिएको हो । फिल्मको प्री प्रोडक्सन काम करिब सकिएको र चाडै फ्लोरमा जाने निर्माण पक्ष्यले जनाएको छ ।
बलिउड तथा हलिउड फिल्मको स्तरीयता दिने प्रयास गरिएको फिल्म ‘द विनर’ कहिल्यै हार्न नजान्ने एक युवकको संघर्षमा आधारित छ । फिल्मको छायांकन अष्ट्रेलिया, दुबई र नेपालमा गरिएको छ । फिल्ममा महेशमान श्रेष्ठ, पूर्व मिस नेपाल मलिना जोशी, रोयल मास्के, मन्चिन शाक्य, राजकुमार पन्त, रेशु तामाङ , अमित गिरी लगायतको मुख्य भूमिका रहेको छ ।
हिक्मत बिष्टको निर्देशन रहेको फिल्मलाई डायमण्ड स्टार फिल्मसको ब्यानरमा बिकास खरेल, सुबोध ठकुरी, रितेश राणा, सृजना शाह, रोयल मास्केले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
गत साता मात्रै फिल्मको प्रिमियर गरिएको थियो । राजधानीको कुमारी हलमा आयोजित भब्य रेड कार्पेट प्रिमियरमा फिल्मकर्मी, रंगकर्मी तथा सञ्चारकर्मीहरुको उपस्थिती थियो । प्रिमियरबाट प्राप्त प्रतिक्रियाका कारणले पनि आफ्नो टिम ‘द विनर २’को निर्माणमा हौसिएको निर्माता बिकाश खरेलले जानकारी दिए । ‘द विनर’ भोलिबाट देशभर प्रर्दशनमा आउदै छ ।

लुम्बिनी- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती...

काठमाडौं– हाउस अफ फेसन नेपालले गत फागुनको पहिलो साता काठमाडौंमा आयोजना गरेको...

काठमाडौं- वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । पूर्व मन्त्रीसमेत रहेका...

काठमाडौं– आईआईएफटी स्कूल अफ फेसन एण्ड इन्टेरियर डिजाइनले शनिवार काठमाडौंमा आयोजना गरेको...

काठमाडाैं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र नेपाल शिक्षक महासङ्घबिच भएको ९...