भारतीय राष्ट्रपति जनकपुरमा, आजै पोखरा जाने

काठमाडौं- नेपालको तीनदिने भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जी जनकपुर पुगेका छन् । काठमाडौँबाट बुद्ध एअरको विमानबाट हिमाली शृङ्खलाको दृश्यावलोकन गर्दै आज अपराह्न जनकपुर विमानस्थल उत्रिदा राष्ट्रपति मुखर्जीलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधि र धनुषाका प्रमुख जिल्ला अधिकारीले स्वागत अभिवादन गरेका थिए । राष्ट्रपति मुखर्जीले अहिले जनकपुरमा अवस्थित जानकी मन्दिरमा पूजाआजा गर्ने कार्यक्रम छ । साथै, उनले त्यहाँ ‘नागरिक अभिनन्दन’ ग्रहण गर्ने कार्यक्रम छ ।
नेपालको राजकीय भ्रमणमा रहेका भारतीय राष्ट्रपति प्रणव मुखर्जी आजै पोखरा जाने भएका छन् । कार्यक्रमअनुसार राष्ट्रपति मुखर्जी मध्याह्न १२ः४५ बजे पोखरा विमानस्थलमा पुग्ने पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बरालले जानकारी दिए । पोखरा विमानस्थलमा राष्ट्रपति मुखर्जीलाई विमानस्थलको अतिविशिष्ट कक्षमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे, पश्चिमाञ्चल क्षेत्रीय प्रशासक खगराज बराल, पश्चिम पृतनापति जगदीशचन्द्र पोखरेल लगायतले स्वागत गर्नेछन् । क्षेत्रीय प्रशासक बरालका अनुसार पोखरा भ्रमणलाई भव्यरुपमा सफल बनाउनका लागि आवश्यक सम्पूर्ण तयारी सकिएको छ । राष्ट्रपति मुखर्जीलाई पोखरा विमानस्थलदेखि उनले केही समय आराम गर्ने विरौटास्थित पोखरा ग्रान्ड होटलसम्म विभिन्न टोल समुदायका सर्वसाधारणले स्वागत गर्नेछन् ।
त्यस्तै, विमानस्थलबाट राष्ट्रपति मुखर्जीले दिउँसो ३ बजे सम्बोधन गर्ने भारतीय पेन्सन क्याम्पसम्म विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहित स्वागत गरिनेछ । भारतीय पेन्सन क्याम्पमा सम्बोधन गरेपछि काठमाडौँ फर्कने कार्यक्रम छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...