नेपाली पाठशालाको सहयोगार्थ डार्विनमा देउसी-भैलो

-- कृष्ण रानाभाट, डार्विन / प्रकाशित मिति : आइतवार, कार्तिक २१, २०७३

14923864_10211250360160990_1450547009_oनेपाली पाठशालाको सहयोगार्थ नेपलिज एसोसियसन अफ नदर्न टेरिटोरी (NANT ) द्वरा आयोजित तिहार देउसी भैलो कार्यक्रम डार्विनमा भब्य रुपमा सम्पन्न भएको छ । कला र संस्कृति प्रतिको हाम्रो अगाध आस्था नेपाली पहिचानको मुल आधार हो’ यसैलाई आधार मानि यस बर्ष NANT ले देउसी भैलोको आयोजना गर्‍यो । NANT का कार्यकरी सद्स्य शिवराम पौडेल संयोजकत्वमा सम्पन्न उक्त देउसी भैलो कार्यक्रम डार्विनमा नेपाली भाषा र संस्कृतिका कक्षाहरु अझ बढी प्रभाबकारी रुपमा संचालनको सहयोगार्थ ४ दिन सम्म चलेको थियो।

देउसी -भैलोको शुभारम्भ डर्विनसिटीमा अबस्थित नेपाली कम्युनिटीका अगुवा हरि रिजाल र ललित पन्तको घर बाट भएको थियो, सुमुदायका सदस्यहरुको उत्साहापूर्ण सहभगिता रहेको उक्त कार्यक्रममा नेपाली सस्कृति झल्कने मादल र खैजडी प्रयोग गरिएको थियो। पहिलो दिनको देउसी भैलो डार्विन सिटी, नाइटक्लिफ क्षेत्रमा खेलिएको देउसी भैलोमा $१६३६ रकम संकलन भएको थियो। तेस्तै गरी दोस्रो र तेस्रो दिन पल्मेरस्टोन एरिया, बेलामार्क र स्टुआर्ट पार्क क्षेत्रबाट क्रमस $१३१८ र $५५२ प्राप्त भएको थियो । कार्यक्रमको अन्तिम दिन अर्थात् भाई टिकाको दिन ओम के.सी र हरि रिजाल बिच तिहार गीतमा दोहोरी घम्साघम्सीले सांगीतिक माहोल झन तताएको थियो । उक्त दिन डार्विन सिटी कजुअरिना,रापिड क्रीक र कोकोनट ग्रोभ बाट $१०६९ रकम सकलन गर्दै कुल रकम $ ४५७४ सकलन गर्न सफल भएको छ। देउसी कार्यक्रमको समापन नेपाली कम्युनिटीका परिचित टेनिस खेलाडी नगेन्द्र बोहोराको घरमा सांगीतिक कार्यक्रमका साथ भएको थियो ।

14958215_10211250360721004_1649821568_oकार्यक्रमकोअन्तमा यो कार्यक्रम सम्पन्न गर्न सहयोग गर्नु हुने समुदायका सबै सदस्य र सम्पूर्ण सहयोग दाताहरु र अग्रजहरुलाई कार्यक्रम संयोजक शिवराम पौडेलले धन्यवाद दिनु भएको थियो। तेस्तै गरि NANT का कोषाध्यक्ष अनिल बस्नेतले हाम्रो सस्कृति र कलालाई माया गरि यती धेरै रकम सन्कलन गर्न सहयोग गर्नु हुने सबै प्रति आभार बेव्यक्त गर्नु भएको थियो । कार्यक्रमको पुरा अबधी भर कार्यक्रम संयोजक शिवराम पौडेल र डार्विनका नेपाली पन्डित नारायण दाहालले संयुक्त रुपमा आकर्षण ढंगबाट तीहार र हाम्रो संस्कृतिको बर्णन गर्दै देउसी भट्टाउनु भएको थियो।