काठमाडौं लोडसेडिङ मुक्त हुने ?

काठमाडौं— प्रधानमन्त्री पूष्पकमल दाहालको भनाइलाई विश्वास गर्ने हो भने चाडै नै काठमाडौं लोडसेडिङ मुक्त हुने भएको छ । प्रधानमन्त्रीले आज सोमबार बिहानै मात्र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आफुले यसअघि राखेको ‘काठमाडौंलाई लोडसेडिङ मुक्त बनाउने’ योजनाको मुर्त खाका ल्याउन निर्देशन दिएका छन् ।
सोमबार बिहान प्रधानमन्त्रीले काठमाडौं उपत्यकालाई तत्कालै लोडसेडिङमुक्त गर्ने आफ्नो संकल्प भएकोमा जोड दि“दै अब उपत्यकामा सधैंका लागि बत्ती नजाने व्यवस्था गर्न र कुनै अप्ठ्यारो परे सरकारसंग सहयोग माग्न निर्देशन दिएका हुन् । प्रधानमन्त्रीको भनाइ छ—‘ काठमाडौं उपत्यकालाई तत्काल लोडसेडिङमुक्त बनाउने मेरो संकल्प पुरा हु“दैछ, यसमा म खुसी छु । अबदेखि उपत्यकामा कहिल्यै बत्ती नजाने गरी आवश्यक व्यवस्था गर्नुस्, अप्ठ्यारा के छन् ? सरकारलाई भन्नुस्, सरकार सबै किसिमको सहयोग गर्न तयार छ ।’
भेटमा प्रधानमन्त्रीले ‘देशलाई लोडसेडिङमुक्त गर्ने कार्ययोजना तयार गर्न, विद्युत् चोरी, बक्यौता नतिर्ने जस्ता समस्यामा कठोर भएर लाग्न, ठूला आयोजना छिटै सम्पन्न हुने वातावरण निर्माण गर्न, नया“ योजना सञ्चालनका लागि तयारी गर्न’ पनि निर्देशक घिसिङलाई निर्देशन दिएका छन् ।
उक्त भेटमा निर्देशक घिसिङले प्रधानमन्त्रीको यसअघिकै निर्देशनपछि विद्युत् प्राधिकरण उपत्यकामा लोडसेडिङ हटाउन लागेको जानकारी दि“दै देशभरि लोडसेडिङ अन्त्य गर्ने कार्ययोजना ल्याउने बताए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...