तिहारमै तास खेल्ने कारण के होला ?

अधिकांश नेपाली चाडपर्वहरू रमाइला हुन्छन् । दसैं–तिहार जस्ता ठूला पर्वमा धेरै दिन वीदा पाइने हुनाले अधिकांश मानिसहरू यतिबेला रमाइलो गर्ने मुडमा हुन्छन् । स्वदेशमात्र होइन विदेशमा पनि दसै–तिहार जस्ता चाडपर्वमा नेपालीहरू रमाइलो शैलीमा मनाउँछन् । यी चाडपर्वमा तास खेलेर रमाइलो गर्नेहरू संख्या ठूलै हुन्छ । दसैंको तुलनामा तिहारमा तासको अझ ठूलो महत्व छ । धनकी देवी लक्ष्मीको पूजा गरिने तिहारमा वर्षभरी तास नछुने व्यक्तिसमेत तास खेल्न लालायीत हुन्छ । यसरी खेलिने कतिपय तासहरूमा ठूलै हार–जीत हुन्छ भने कतिपय तास रमाइलोका लागि खेलिन्छ । भरखरै गएको तिहारको अवसर पारेर द नेपाली टाइम्स अष्ट्रेलियाका नेपाल प्रतिनिधी कृष्ण भट्टराईले केही नेपाली सेलिब्रेटीहरूलाई तिहारमै तास खेल्ने कारण के होला भन्ने जिज्ञासा राखेका छन् ।
चेतन सापकोटा, संगीतकार
तिहारमा मात्र तास खेल्नु पर्छ भन्ने छैन । रमाइलोका लागि जहिले खेले पनि हुन्छ तर तिहारमा भने धार्मिक तथा सामाजिक रुपले समेत तास खेल्न छुट पाइने हुनाले यो पर्वमा तासको आफ्नै महत्व छ । म चाहिं पहिला रमाइलोका लागि भनेर तास खेल्न बस्छु अनि विस्तारै हार्दै गएपछि जित्न पाए हुन्थ्यो भन्ने लाग्छ ।
धिरज राई, गायक
नढाँटि भन्नु पर्दा मलाई तासका धेरै खेल खेल्नै आउँदैन, त्यसैले तिहारमा रमाइलोका लागि मात्र तास खेल्छु । तिहारमा सबैको मुड रमाइलो गर्ने हुनाले मानिसहरू रमाइलो गर्नैका लागि तिहारमा तास खेल्छन् जस्तो लाग्छ ।
नाजिर हुसैन, अभिनेता
चाडपर्वमा कुनै पनि प्रकारको तनाब नहुनाले अनि काम समेत नहुनाले रमाइलो गर्दै समय बिताउन तास खेलिन्छ जस्तो लाग्छ ।
दीपकराज गिरी, अभिनेता
चाडपर्वको मौसमलाई अझ रोमाञ्चक बनाउनका लागि नै तिहारमा तास खेलिएको होला ।
शुभेच्क्षा थापा, अभिनेत्री
तिहारमा चारैतिर झिलिमिलि हुन्छ, सबै खुसी हुन्छन् । त्यही खुसीको माहौललाई अझ बढि खुसी बनाउन तिहारमा तास खेलिएको हो कि ?
मञ्चिता केसी, अभिनेत्री
तिहारमा तास खेल्दा यदि जितियो भने वर्षभरी धन–सम्पत्तिको कमि हुँदैन भन्ने धार्मिक मान्यता छ । त्यही मान्यतामा आधारित भएर तिहारमा तास खेलिएको होला ।
कविता शर्मा, हास्य अभिनेत्री
तास खेल्ने भनेकै तिहारमा त हो नि । चाडवाडमा रमाइलोका लागि तास खेलिनु स्वभाविक हो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...