कन्दरा ब्याण्ड कन्सर्टका लागि अष्ट्रेलिया प्रस्थान

काठमाडौं- नेपालको लोकप्रिय पोखरेली ब्याण्ड ‘कन्दरा’ पहिलो पटक आफ्नो ४० दिने सांगीतिक यात्राको लागि आज मंगलबार अष्ट्रेलिया प्रस्थान गरेको छ ।
एनआरएनए अष्ट्रेलिया, एम्बेसी अफ नेपाल र कन्सोलेट जनरलको कार्यालयको आयोजनामा सम्पन्न हुने सांगीतिक कार्यक्रममा सहभागिता जनाउन यो ब्याण्ड अष्ट्रेलिया प्रस्थान गरेको हो ।
सिड्नी, मेलबर्न, ब्रिसबेन लगाएतका शहरहरुमा आयोजना हुने नेपाल फेस्टिबल अन्तर्गतका कार्यक्रमहरुमा कन्दराले आफ्नो लाइभ कन्सर्ट प्रस्तुत गर्न लागेको ब्याण्डका भोकलिष्ट बिबेक श्रेष्ठले जानकारी दिएका छन् ।
आफ्नो बिशुद्ध मौलिक प्रस्तुती बोकेको पोखरेली ब्याण्ड कन्दराका चर्चित गीतहरु हङकङ पोखरा, लेककी हे माया, तगारोमा रुमाल राखी, बिदेसिएर गइन उनी, तिमी पारी र पछिल्लो एल्बम ‘भेडि गोठैमा’ का गीतहरु प्रस्तुत गरिने श्रेष्ठले जानकारी दिएका छन् ।
अष्ट्रेलियाबाट फर्किएपछि सगींतमा ब्याप्त समस्याहरुको समाधानको लागि जनचेतनामुलक कार्यक्रमहरु गरिने ब्याण्डका ड्रमर सुनिल थापाले बताएका छन् । अष्ट्रेलियाबाट पुस ५ गते फर्कने ब्याण्डका गितारिष्ट अमित गुरुङले बताएका छन् ।
अष्ट्रेलियाको सांगीतिक यात्रामा ब्याण्डका बुद्ध बर्जाचार्य (किबोर्ड), अमित गुरुङ (गितार), अशिम शेरचन (गितार), अनिल गुरुङ (बेस गितार), अभिनाष गायक ((मादल), सुनिल थापा (ड्रमर) तथा विवेक श्रेष्ठ (गायक) सहभागि छन् ।
कन्दरा ब्याण्डले पछिल्लो समयमा लायन्स क्लब अफ पोखरा सिर्जना चौतारी र लायन्स क्लब अफ पोखराको आयोजनामा १८ बर्षपछि पोखरा सभागृहको प्रस्तुती भव्य र सव्य रुपमा सम्पन्न गरेको थियो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...