१०८ औं लक्ष्मि जयन्तिको अवसरमा अल्बेरिमा साहित्यिक जमघट,आङ्देम्बे सम्मानित 

-- The NTA / प्रकाशित मिति : मङ्लबार, कार्तिक २३, २०७३
 img_9080१०८ औं लक्ष्मि जयन्तिको अवसरमा गत ५ नभेम्बर शनिबारका दिन क्रिएटिभ सर्कल अष्ट्रेलियाको आयोजनामा साहित्यिक माहोल बिच महाकवि देबकोटाको १०८ औं जन्मजयन्ति तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । अष्ट्रेलियाको अल्बेरी शहरमा आयोजित कार्यक्रममा नेपालबाट आउँनु भएका साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश आङ्देम्बेको प्रमुख आतिथ्यतामा, भूट्निज एसोसिएशन इन अल्बेरीका अध्यक्ष पम्फा भूजेलको बिशेष आतिथ्यतामा सम्पन्न भएको सो कार्यक्रममा भूट्निज एसोसिएशन इन अल्बेरीका संस्थापक अध्यक्ष तथा समाजसेवी आर. के. गुरागाई, साउथ एसिया डट कमका सम्पादक राम खत्री, हिन्दु बैदिक सेवा समिती अल्बेरी-हुडुङ्गाका अध्यक्ष हस्त गुरागाई लगायतकाका अथितिको उपस्थिति थियो ।
भाषा संरक्षणका लागि नेपाली भाषी भूटानीहरूले अष्ट्रेलियमा खेलेको अहं भूमिकाको खुलेर प्रसंसा गर्दै साहित्यकार तथा चलचित्र निर्देशक आङ्देम्बेले भाषा जोगाउँन नागरिकता नचाइने बताउँनु भयो । साथै यसरी भाषा, साहित्य, कला र संस्कृति जोगाउँनका लागि दुई समुदाय एक भएर अगाडी बढ्नु पर्ने कुरामा पनि जोड दिनु भयो ।
आङ्देम्बेद्वरा निर्देशित चलचित्र ‘देश खोज्दै जादाँ’ कुनै ब्यबसायिक चलचित्र नभई नेपाली भाषी भूटानीहरूले २० औं बर्ष सम्म शरणार्थी शिविरमा भोगेका शारीरिक दु:ख, पिडा र मानसिक यतनाको दस्तावेज भएको पनि प्रष्ट पार्नु भयो ।
सोहि अवसरमा संयुक्त गजल सङ्ग्रह ‘कंगारूको देशबाट’ कृति माथि बोल्दै साहित्यकार आङ्देम्बेले यो सङ्ग्रह केवल भूट्निज-अष्ट्रेलियानको मात्र नभएर सारा विश्वलाई दिएको एउटा कोशेली रहेको पनि बताउँनु भयो ।
यति टाढाबाट आएर हामी माथि लगाएको गुनप्रति आभार ब्यक्त गर्दै आर. के. गुरागाईले साहित्यकार आङ्देम्बेलाई बिशेष धन्यबाद दिनु भयो । उक्त कार्यक्रमको अवसर पारेर आङ्गेम्बेलाई अष्ट्रेलियामा पुनर्वासित भूटानीहरूको तर्फवाट क्रिएटिभ सर्कल अष्ट्रेलियाले भूटानी-नेपाली साहित्यको उत्थान र बिकासका निम्ति असङ्ख्य निर्वासित भूटानीहरूलाई नेपाली भाषा,साहित्य र कलाको माध्यमबाट अध्ययन, अध्यापन, लेखन र प्रशिक्षण कार्यमा प्रोत्साहन एवं निर्वासित भूटानीहरूका कथा-ब्यथामा आधारित ऐतिहासिक चलचित्र ‘देश खोज्दै जादाँ’ दस्तावेजको रुपमा निर्माण गरी निर्वासित नेपाली भाषी भूटानीका निम्ति पुर्‍याउँनु भएको अथक र अतुलनीय योगदानको  कदर गर्दै सम्मान गरेको छ ।
सिड्नी, अल्बेरी, हुडुङ्गा र मेलवर्नका स्रष्टाहरू जीतेन्द्र मल्ल, रिमेन आलोक, निरज जोशी, हरि सापकोटा, सुरेन्द्र दबाडी, गणेश गौतम, आलोक कोइराला, माधब अधिकारी, बिष्णु धमला, धना ज्योति, केदार सापकोटा, कमल खनाल, रोबट साम्पाङ्ग, लक्ष्मि गुरागाई, कमल खनाल ;लगायतका श्रष्टाहरुले उक्त अबसर बिबिध गजल एबं कबिताहरु बाचन गरेका थिए भने स्थानिय कलकारहरु ले नृत्य र गायन समेत प्रस्तुत गरेका थिए । करिब  १५० को संख्यामा उपस्थिति सहभागी बिच भन्दा सम्पन्न उक्त कार्यक्रमको सन्चालन दुर्गा