पश्चिम बंगालमा नीलडेभिड् सेलून

काठमाडौं— नेपाली सेलिब्रेटी हेयर स्टाइलिष्ट नीलडेभिड कटवालको सेलूनको ब्राण्ड नेम अब भारतमा विक्री हुन थालेका छन् । हालै नेपालका केही शहरसहित भारतका कालिङ्पोङ, झारखण्डआदि शहरमा फ्रेन्चाइज ब्राण्ड सेलून खोलिसकेका नीलडेभिड्सले आफ्नो सेलूनलाई यो साता भारतको पश्चिम बंगालको दुर्गापुरमा समेत विस्तार गरेका छन् । आफ्नो हालसम्मकै ठूलो सेलून कोलकाता नजिकैको शहर दुर्गापुरमा नेपाल तेक्वान्दो संघका सदस्य कासिम मिया तथा नीलडेभिडले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।

नीलडेभिड ब्राण्ड दुर्गापुरका व्यवसायी बिमल जैनले लिएका हुन् । जैनले करिव २६ सय स्क्वायर फिटमा नीलडेभिड सेलून सञ्चालन गरिएको जनाएका छन् । भारतको चण्डिगढपछिको दोस्रो व्यवस्थित शहरको रुपमा चिनिने दुर्गापुरमा नेपालीहरुको समेत उल्लेख्य संख्यामा बसोबास रहेको बताइन्छ ।
नेपालको ब्राण्डको फ्रान्चाइजी लिएर भारतमा नेपालीलाई स्थापित गराउने नीलडेभिड पहिलो ब्राण्ड बनेका छन् । भारतीय व्यवसायीहरुले लाखौं रुपैया तिरेर नीलडेभिडको सेलूनको शाखा विस्तार गर्न थालेका हुन् । निकट भविष्यमै नीलडेभिडले कोलकोताको डमडममा समेत आफ्नो शाखा विस्तार गर्दैछन् । त्यसअघि उनले भारत तथा भुटानको सीमामा पर्ने जयगाउमा समेत आफ्ना शाखा विस्तार गर्ने क्रममा छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...