डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी

-- ?>

trump

काठमाडौं— सम्पूर्ण अनुमान तथा सर्वेक्षण परिणामलाई गलत साबित गर्दै सार्वजनिक पदमा कहिल्यै नबसेका अर्बपति व्यापारी डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । ट्रम्पले अनपेक्षित परिणाम ल्याएर डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका हुन् । राष्ट्रपति हुन आवश्यक २७० इलेक्टोरल कलेज बराबरको मत आवश्यक हुनेमा सबै मत गणना भैसक्नुअघि नै ट्रम्पले त्यति मत प्राप्त गरिसकेका छन् । पछिल्लो परिणामअनुसार विस्कन्सिनमा जितेपछि ट्रम्प राष्ट्रपति निर्वाचित भएका हुन् ।

पछिल्लो परिणाम अनुसार ट्रम्पको २७५ तथा क्लिन्टनको २१८ इलेक्टोरल छ ।

विभिन्न मिडियाले ट्रम्पले राष्ट्रपति चुनाव जितेको घोषणा गरिसकेका भए पनि यसको आधिकारिक घोषणा भने हुन बाँकी नै छ । अमेरिकी अखबार वासिङ्टन पोस्टका अनुसार ट्रम्पको पछिल्लो मतपरिणाम २७७ इलेक्टोरल छ । बाराक ओबामाले चार वर्षअघि जितेका केही ठूला तथा मझौला ठूला राज्यहरु फ्लोरिडा, ओहाहियो, पेन्सलभेनिया, मिचिगन, विस्कनसिनमा जितेपछि ट्रम्पको जित सुनिश्चित भएको हो ।
अमेरिकाका ठूलाठूला सहरमा मतदाताले क्लिन्टनलाई मत दिए पनि ग्रामिण इलाकामा मतदाताले ठूलो संख्यामा ट्रम्पलाई भोट दिएको पछिल्ला सर्वेक्षणले जनाएका छन्। त्यस्तै, कलेज पढेका, महिला तथा अल्पसंख्यकले मुख्यत: हिलारीलाई भोट दिए पनि गोरा अमेरिकी पुरुष, त्यसमध्ये पनि कलेज नपढेकाहरुले ठूलो संख्यामा ट्रम्पलाई भोट हालेपछि उनको जित सुनिश्चित भएको मानिएको छ ।