डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा विजयी

काठमाडौं— सम्पूर्ण अनुमान तथा सर्वेक्षण परिणामलाई गलत साबित गर्दै सार्वजनिक पदमा कहिल्यै नबसेका अर्बपति व्यापारी डोनाल्ड ट्रम्प अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् । ट्रम्पले अनपेक्षित परिणाम ल्याएर डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गरेका हुन् । राष्ट्रपति हुन आवश्यक २७० इलेक्टोरल कलेज बराबरको मत आवश्यक हुनेमा सबै मत गणना भैसक्नुअघि नै ट्रम्पले त्यति मत प्राप्त गरिसकेका छन् । पछिल्लो परिणामअनुसार विस्कन्सिनमा जितेपछि ट्रम्प राष्ट्रपति निर्वाचित भएका हुन् ।
पछिल्लो परिणाम अनुसार ट्रम्पको २७५ तथा क्लिन्टनको २१८ इलेक्टोरल छ ।
विभिन्न मिडियाले ट्रम्पले राष्ट्रपति चुनाव जितेको घोषणा गरिसकेका भए पनि यसको आधिकारिक घोषणा भने हुन बाँकी नै छ । अमेरिकी अखबार वासिङ्टन पोस्टका अनुसार ट्रम्पको पछिल्लो मतपरिणाम २७७ इलेक्टोरल छ । बाराक ओबामाले चार वर्षअघि जितेका केही ठूला तथा मझौला ठूला राज्यहरु फ्लोरिडा, ओहाहियो, पेन्सलभेनिया, मिचिगन, विस्कनसिनमा जितेपछि ट्रम्पको जित सुनिश्चित भएको हो ।
अमेरिकाका ठूलाठूला सहरमा मतदाताले क्लिन्टनलाई मत दिए पनि ग्रामिण इलाकामा मतदाताले ठूलो संख्यामा ट्रम्पलाई भोट दिएको पछिल्ला सर्वेक्षणले जनाएका छन्। त्यस्तै, कलेज पढेका, महिला तथा अल्पसंख्यकले मुख्यत: हिलारीलाई भोट दिए पनि गोरा अमेरिकी पुरुष, त्यसमध्ये पनि कलेज नपढेकाहरुले ठूलो संख्यामा ट्रम्पलाई भोट हालेपछि उनको जित सुनिश्चित भएको मानिएको छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...