लोकमान मुद्दाको पेशी डिसेम्बर १ मा

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले उनको योग्यता सम्बन्धी मुद्दाको तारेख बुझेका छन् ।
प्रारम्भमा म्याद नबुझी अदालतको म्याद तामेली टोलीलाई समेत अवरोध पुर्याएका लोकमानले म्याद तामेलीपछिको १५ दिन गुजारेर आज बिहिबार वारेसमार्फत अदालतमा उपस्थित भएका हुन् । यो सँगै अदालतले उनको मुद्दाको पेशी आगामी डिसेम्बर १ का लागि तोकेको छ ।
लोकमानसिह कार्कीमा अख्तियारको प्रमुख हुने योग्यता नभएकाले उनको नियुक्ति खारेजीको माग गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले सर्वोच्च अदालतमा निवेदन दिएका थिए । योसँगै डिसेम्बर १ देखि उक्त मुद्दामा पक्ष–विपक्षको बहस प्रारम्भ हुने छ ।
यसैबीच कार्कीविरुद्धको मुद्दा अदालतमा पुनरावलोकन भइरहेको र व्यवस्थापिक संसदमा समेत महाभियोग प्रस्ताव पेश भई उनलाई कामकारवाही गर्न रोक लागेको अवस्थामा उनले प्रमाणहरु नष्ट गर्नसक्ने भएकाले उनले पाइआएको सेवा–सुविधा समेत रोक्न माग गर्दै अधिवक्ता अर्यालले दायर गरेको अर्को मुद्दालाई पनि सर्वोच्चले नियुक्तिसम्बन्धी मुद्दासँगै पेश गर्न आदेश दिएको छ ।
कार्की अहिले पनि अख्तियारकै निवासमा बसिरहेका छन् ।
न्यायाधीश जगदीश शर्मा पौडेल, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले आज यस्तो आदेश दिएको हो । यस्तै म्याद तामेलीमा अवरोध गरेको भन्दै परेको मुद्दाको म्याद हिजोदेखि नै तामेली भएको छ । उक्त मुद्दामा अदालतले लोकमान लगायत चार जनालाई लिखित जवाफ सहित अदालतमा आफैं उपस्थित हुन् आदेश दिएको थियो ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...