संसदमा महाभियोग प्रस्तावमाथि छलफल जारी

काठमाडौं— व्यवस्थापिका संसदको आज शुक्रवारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुँदैछ ।
मधेशी मोर्चाले भने उक्त बैठक बहिस्कार गरेको छ । वर्तमान सरकार गठन हुँदा भएको तीन बुँदे सम्झौता कार्यान्वयनको माग गर्दै मोर्चाले संसद बैठक बहिस्कार गरिएको जनाएको छ । बैठक प्रारम्भ भएलगत्तै विशेष समय लिएर बोलेका संघीय समाजवादी फोरमका नेता अशोककुरमार राईले तीन बुँदे सम्झौता कार्यान्वयन नभएसम्म बैठकमा सहभागी नहुने बताए ।
कार्कीविरुद्ध संविधान र कानून उल्लंघन गरेको, राज्य संयन्त्रविरुद्ध जासुसी गरेको, पदीय मर्यादा र आचरणविपरीत कार्य गरेको, पदको दुरुपयोग गरी राज्य आतंक सिर्जना गरेको, समानान्तर सत्ता सञ्चालन गरेको, संवैधानिक अंगहरूको मानमर्दन गरेको, संसदको विशेषाधिकार हनन र अदालतको अवहेलना गरेको जस्ता आरोप लागेका छन् ।
एमाले र माओवादीका १ सय ५७ सांसदले अख्तियार प्रमुख कार्कीविरुद्ध पेश गरेको महाअभियोग प्रस्तावबारे संसदमा तीन साताअघि पहिलो छलफल भएको थियो । उक्त छलफलमा भाग लिने सांसदहरूले आफ्नो धारणा राख्न बाँकी छँदै संसद बैठक स्थगित भएकाले अहिले त्यही छलफलले निरन्तरता पाएको हो ।
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...
मेलबर्न, अष्ट्रेलिया । भिक्टोरियामा बसोबास गर्दै आएका तामाङ समुदायले आफ्नो नयाँ वर्ष...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु बिच भाइचारा...