संसदमा महाभियोग प्रस्तावमाथि छलफल जारी
काठमाडौं— व्यवस्थापिका संसदको आज शुक्रवारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावमाथि छलफल हुँदैछ ।
मधेशी मोर्चाले भने उक्त बैठक बहिस्कार गरेको छ । वर्तमान सरकार गठन हुँदा भएको तीन बुँदे सम्झौता कार्यान्वयनको माग गर्दै मोर्चाले संसद बैठक बहिस्कार गरिएको जनाएको छ । बैठक प्रारम्भ भएलगत्तै विशेष समय लिएर बोलेका संघीय समाजवादी फोरमका नेता अशोककुरमार राईले तीन बुँदे सम्झौता कार्यान्वयन नभएसम्म बैठकमा सहभागी नहुने बताए ।
कार्कीविरुद्ध संविधान र कानून उल्लंघन गरेको, राज्य संयन्त्रविरुद्ध जासुसी गरेको, पदीय मर्यादा र आचरणविपरीत कार्य गरेको, पदको दुरुपयोग गरी राज्य आतंक सिर्जना गरेको, समानान्तर सत्ता सञ्चालन गरेको, संवैधानिक अंगहरूको मानमर्दन गरेको, संसदको विशेषाधिकार हनन र अदालतको अवहेलना गरेको जस्ता आरोप लागेका छन् ।
एमाले र माओवादीका १ सय ५७ सांसदले अख्तियार प्रमुख कार्कीविरुद्ध पेश गरेको महाअभियोग प्रस्तावबारे संसदमा तीन साताअघि पहिलो छलफल भएको थियो । उक्त छलफलमा भाग लिने सांसदहरूले आफ्नो धारणा राख्न बाँकी छँदै संसद बैठक स्थगित भएकाले अहिले त्यही छलफलले निरन्तरता पाएको हो ।
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– नेपाली तथा भोजपुरी फिल्महरुमा अभिनय गरेर स्थापित भएकी अभिनेत्री तथा मोडल...
सिड्नी, अष्ट्रेलिया । २०१८ मा स्थापना भइ अष्ट्रेलियामा रहेका थारुहरु लाई एकताबद्द...
सिड्नी, अष्ट्रेलिया । सन १९९६ मा स्थापना भइ समुदायको हित परोपकारिता साथै...
काठमाडौं । २५ वर्ष अघि स्थापना भएर नेपालमा शिक्षा, स्वास्थ्य तथा आपतकालीन...
पोखरा- पूर्व गृह मन्त्री रबि लामिछानेको २७ करोड रुपैयाँको स्रोत खुल्न नसकेको...
काठमाडौं– विवाहित, एकल महिला तथा एकल आमाहरुले सहभागिता जनाउन सक्ने प्रतियोगिता अर्थात...