नेपाली समुदाय प्रति मन्त्रि डटन कृतज्ञ
-- The NTA ?>
सयौं नेपाली परिवारहरुको छोटो परिचय सहित सचित्र एउटै पुस्तकमा समाबेश भएको फोटोग्राफर सुधिरा शाहको तस्वीर पुस्तक “फार एण्ड अवे – नेप्लीज फ्यामीलीज ईन अष्ट्रेलिया” का टिम सदस्यहरु र नेपाली समुदायका सदस्यहरु बिचको सौहार्दपूर्ण भेटघाटमा माननीय आप्रबास मन्त्री पीटर डटनले बहुसांस्कृतिक अस्ट्रेलियामा नेपाली समुदायको खुलेर प्रंशसा गरेका थिए । १० नोभेम्बरका दिन आफ्नै कार्यकक्षमा भेटघाट गर्दै मन्त्रि डटनले पुस्तकका बारेमा जानकारी लिदै लेखेकको हस्ताक्षर सहितको पुस्तक आफ्नो कार्यालयमा राख्नु भएको थियो भने । पुस्तक टिमले एक प्रति पुस्तकमा मन्त्रिको हस्ताक्षर गराएको पनि फोटोग्राफर सुधिरा शाहाले बताउनु भयो । उक्त अवसरमा पुस्तकको बारेमा, बिभिन्न ठाउका यति धेरै परिवारलाई क्यामरामा कैद गर्दै शब्द र चित्र एकै चोटी उतार्दाका अनुभब बारे मन्त्रि डटनका जिज्ञासा पुस्तकका लेखक योगेन्द्र बिष्ट र फोटोग्राफर सुधिरा शाहले पुस्तकको सुरुवाती देखिका बिबिध अनुभब हरु सुनाउदै नेपाली समुदायको सबैको सहयोग र सदभाबले मात्र यो सम्भब भएको व्यक्त गरेका थिए । प्रतिउतरमा मन्त्री डटनले अन्य समुदाय र हाम्रै भावी पुस्ताका लागी यो कृती एउटा मजबुत र यथार्थपरक सन्दर्भ ग्रन्थ हुने बताउदै नेपाली भेटघाटको तर्फ बाट प्रदान गरिएको नेपाली ढाका टोपी सहर्ष ग्रहण गरेका थिए । त्यसै गरि व्यस्त समय बिच मन्त्रिले आफु हरु प्रति देखाएको उत्सुकता र चासो ले आफुहरुमा झन हौसला बढेको पुस्तक प्रकाशन टिमका सदस्य विजय प्रधानले बताए।
उक्त भेटघाटका अबसरमा नेपाली समुदायको तर्फबाट गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदकी केन्द्रिय प्रवक्ता रञ्जु थापा वाग्ले, गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका कोषाध्यक्ष डिला खरेल, नारी निकुञ्ज अस्ट्रेलियाकी सल्लाहाकार प्रिती शर्माले पनि उक्त अबसरमा नेपाली समुदायको तर्फबाट मन्त्रि समक्ष समुदायका गतिबिधीहरु राखेका थिए । एनआरएनएकी केन्द्रिय प्रबक्ता रन्जु थापाले उक्त भेटघाट निकै सौहाद्र पूर्ण भएको बताइन । भेटको अबसरमा आफुले अस्ट्रेलियाको बहुसांस्कृतिक समुदायमा बढ्दै गएको नेपाली समुदाय प्रति सरकरी तहबाट पनि बिभिन्न कुराहरु मा सहयोग र सहकार्य आवश्यकता पर्ने भएकोले त्यस बारेमा ध्यान आकर्षण गराएकी थिइन् । त्यस मध्ये नेपाली भाषालाई सामुदायिक भाषाको रुपमा मान्यता दिनु पर्ने कुरा पुन दोहोरएको र मन्त्रि डटन यस बारेमा आफु सकरात्म रहेको र बहुसंकृतिक समुदायमा नेपाली समुदाय एक छिटो छिटो रुपमा बढ्दो समुदाय रहेको बताएका थिए । त्यसै गरि भेटघाट समुहका अर्का सदस्य डिला खरेलले पनि नेपाली भाषालाई सामुदायिक भाषाको मान्यता र नेपाली समुदायमा आबश्यकता खट्किएको सामुदायिक भबनको लागि अस्ट्रेलियन सरकारबाट हुन् सक्ने सहयोग तर्फ आफुले कुरा उठाएको बताए।
मन्त्रि संगको भेटघाट पश्चात पुस्तक प्रकाशन टिम सहितको उक्त नेपाली प्रतिनिधि मण्डलले नेसनल लाइब्रेरीको भ्रमण गरि नेपाली परिवारको बारेमा लेखिएको उक्त तस्बिर पुस्तक लाइब्रेरीलाई बिधिबत हस्तान्तरण गरेका थिए। लाइब्रेरीको तर्फबाट क्रिस्टिन गिड्नेले उक्त पुस्तक ग्रहण गरेकी थिइन् । नेसनल लाइब्रेरीमा दाखिला भए पश्चात उक्त पुस्तक अस्ट्रेलियाको नेपाली परिवारको बारेमा जिज्ञासा राख्ने जो सुकैका लागि पनि सहजै उपलब्ध हुनेछ । पुस्तक हस्तान्तरण पश्चात पुस्तकलाई शब्दले सजाएका पुस्तकका लेखक योगेन्द्र बिष्टले यो दिनलाई आफ्नो जिबन कै एउटा गौरबमय दिन भन्दै तीन बर्ष लामो अनवरत खटाइपछि हालै प्रकाशित अष्ट्रेलियाका नेपाली डायस्पोराको संक्षिप्त इतिहास र जीवनी सहितको तस्बिर पुस्तक माननिय अध्यागमन मन्त्री पिटर डटनको निमन्त्रणामा क्यान्बेरास्थित उहाँकै कार्यालय, पार्लियामेन्ट लाईब्रेरी, अध्यागमन बिभाग र यस्ता सृजनाहरुको अनन्त कालसम्म अभिलेख राख्ने नेसनल लाईब्रेरीमा हस्तान्तरण गर्दाको क्षण वास्तवमै जीवनको अविष्मरणिय क्षणको रुपमा आफुले लिएको बताए ।
यस पुस्तकमा एनएसडब्ल्यु राज्यबाट १७०, क्वीन्सल्याण्डबाट ४६, नर्दन टेरटोरीबाट ४९, पश्चिम अष्ट्रेलियाबाट ६४, दक्षीण अष्ट्रेलियाबाट ३१, भीक्टोरीयाबाट ७८, अष्ट्रेलियन क्यापीटल टेरिटेरीबाट १९ र तास्मानीयाबाट ९ जना परिवारहरु सामेल छन् । अत्यन्तै जीवन्त तस्वीरहरु र पारिबारिक कथा सहित ४९६ रंगीन पेज रहेको यो पुस्तक हार्ड कभरमा प्रकाशित छ ।