नेपाली समुदाय प्रति मन्त्रि डटन कृतज्ञ

सयौं नेपाली परिवारहरुको छोटो परिचय सहित सचित्र एउटै पुस्तकमा समाबेश भएको फोटोग्राफर सुधिरा शाहको तस्वीर पुस्तक “फार एण्ड अवे – नेप्लीज फ्यामीलीज ईन अष्ट्रेलिया” का टिम सदस्यहरु र नेपाली समुदायका सदस्यहरु बिचको सौहार्दपूर्ण भेटघाटमा माननीय आप्रबास मन्त्री पीटर डटनले बहुसांस्कृतिक अस्ट्रेलियामा नेपाली समुदायको खुलेर प्रंशसा गरेका थिए । १० नोभेम्बरका दिन आफ्नै कार्यकक्षमा भेटघाट गर्दै मन्त्रि डटनले पुस्तकका बारेमा जानकारी लिदै लेखेकको हस्ताक्षर सहितको पुस्तक आफ्नो कार्यालयमा राख्नु भएको थियो भने । पुस्तक टिमले एक प्रति पुस्तकमा मन्त्रिको हस्ताक्षर गराएको पनि फोटोग्राफर सुधिरा शाहाले बताउनु भयो । उक्त अवसरमा पुस्तकको बारेमा, बिभिन्न ठाउका यति धेरै परिवारलाई क्यामरामा कैद गर्दै शब्द र चित्र एकै चोटी उतार्दाका अनुभब बारे मन्त्रि डटनका जिज्ञासा पुस्तकका लेखक योगेन्द्र बिष्ट र फोटोग्राफर सुधिरा शाहले पुस्तकको सुरुवाती देखिका बिबिध अनुभब हरु सुनाउदै नेपाली समुदायको सबैको सहयोग र सदभाबले मात्र यो सम्भब भएको व्यक्त गरेका थिए । प्रतिउतरमा मन्त्री डटनले अन्य समुदाय र हाम्रै भावी पुस्ताका लागी यो कृती एउटा मजबुत र यथार्थपरक सन्दर्भ ग्रन्थ हुने बताउदै नेपाली भेटघाटको तर्फ बाट प्रदान गरिएको नेपाली ढाका टोपी सहर्ष ग्रहण गरेका थिए । त्यसै गरि व्यस्त समय बिच मन्त्रिले आफु हरु प्रति देखाएको उत्सुकता र चासो ले आफुहरुमा झन हौसला बढेको पुस्तक प्रकाशन टिमका सदस्य विजय प्रधानले बताए। 

सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...