फाइनलमा नेपाल र मकाउ भिंड्ने

काठमाडौंं-नेपाल तथा मकाउले मंगलबार उपाधिका लागि फाइनल खेल खेल्ने तय भएको छ । शनिवार भएका दुई सेमिफाइनल खेलमा नेपालले लाओसलाई तथा मकाउले ब्रुनाइलाई ट्राइब्रेकरमा पराजिट गरेपछि फाइनलमा नेपाल र मकाउको भेट सम्भव भएको हो ।
मलेसियामा जारी एएफसी सोलिडारिटी कपको पहिलो सेमिफाइनल खेलमा नेपालले लाओसलार्इ ट्राइबेकरमा ३–० ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो ।
कुचिङस्थित नेगेरी स्टेडियममा भएको खेलको निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटमा समेत नेपाल र लाओसले २–२ गोलको बराबरी खेलेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।
ट्राइबेकरमा नेपालका हेमन गुरुङ, विक्रम लामा र सुजल श्रेष्ठले गोल गर्दा लाओसको ३ ओटै प्रहार नेपालका गोलकिपर किरण चेमजोङले विफल बनाइदिएका थिए ।
यसअघि पहिलो हाफको १८ औं मिनेटमा लाओसका चाम्पा थोङले गोल गर्दै आफ्नो टोलीलार्इ पहिलो हाफमा १–० को अग्रता दिलाएका थिए । तर, दोस्रो हाफ शुरू भएको दोस्रो मिनेटमा नै नेलाले गोल गर्दे खेललार्इ एक एक गोलको बराबरीमा ल्याएको थियो । नेपालका लागि बिमल घर्ती मगरले भरत खवासको पासमा हेडरमार्फत गोल गरेका थिए ।
खेलको १०४ औं मिनेटमा नेपालका मिनेटमा नेपालका अनन्त तामाङले हेमन्त गुरूङको पासमा गोल गर्दै नेपाललार्इ २–१ को अग्रता दिलाएका थिए । तर, लाओसका चाम्पा थोङले ११७ औं मिनेटमा हेडरमार्फत गोल गर्दै पुन आफ्नो टिमलाई बराबरीमा पु¥याएका थिए ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...