द्धिदेशिय सम्बन्धमा नयाँ आयामको अपेक्षा
करिब एक बर्षअघि एमालेका नेता प्रदीप ज्ञवालीले अष्ट्रेलियाको सिड्नी मेलबर्नमा केही राष्ट्रिय र राज्यतहका नेताहरूसँग भेटघाट गरेका थिए । उनले नेपाल र अष्ट्रेलियाको सम्बन्ध र गर्न सकिने सहकार्यका बारेमा छलफल गरेको बताएका थिए । उनको त्यतिबेलाको भ्रमण अष्ट्रेलिया आएका कुनै नेताले गरेको भ्रमणमध्येको उपलब्धिमूलक भनेर दाबी गरिएको थियो । तर, अहिले करिब ३ साता लामो अष्ट्रेलिया भ्रमणमा आएका एमालेकै महासचिव ईश्वर पोखरेलले भने ज्ञवालीको भ्रमणलाई अर्काे चरणमा पुरयाएर उच्च भेटघाट मात्र गरेनन् कि द्धिदेशिय सम्बन्धमा नयाँ आयाम ल्याउने आशा जगाइदिए ।
‘साँच्चै भन्ने हो भने महासचिव पोखरेलको भ्रमण अत्यन्तै उपलब्धिमूलक र आशालाग्दो रह्यो । उनको भ्रमणको चाँजोपाँजो मिलाएका एमाले निकट संस्था प्रवासी नेपाली मञ्च (ओएनएफ) का अध्यक्ष रमेश पाण्डेले दाबी गरे । यसले नेपाल र अष्ट्रेलियाको आगामी सम्बन्धमा अवश्य नयाँ सञ्चार ल्याउनेछ ।’ पाण्डेले दाबी गरेजस्तो पोखरेलको भ्रमणले सम्बन्धमा नयाँ सञ्चार ल्याउला नल्याउला तर पोखरेलले गरेको भेटघाट र छलफलको स्तर भने अवश्यै अहिलेसम्म यहाँ भ्रमणमा आएका कुनैपनि नेताहरूले गरेको भन्दा उच्च तहको भएको नकार्न सकिन्न ।
मञ्चले धेरै पहिलेदेखि आयोजना गर्न चाहिरहेको कार्यक्रम अहिले आएर जुरेको थियो । कार्यक्रममा सहभागी हुन पुर्व उप–प्रधानमन्त्री समेत रहेका पोखरेल, अर्का पूर्व पर्यटनमन्त्री तथा एमाले नेता आनन्द पोखरेल सहित अष्ट्रेलिया आएका थिए । मञ्चले नेपालको पर्यटन प्रबद्धर्न गर्नका लागि भनेर आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका उनीहरूले सिड्नी मेलबर्न र ब्रिसबेनमा आयोजित उक्त कार्यक्रममा सहभागिता मात्र जनाएनन् कि अन्य बिभिन्न कार्यक्रमहरूमा समेत सक्रियताका साथ उपस्थिती जनाए । त्यतिमात्र नभएर उनले आफ्नो पार्टी एमाले निकटका कार्यकर्ता, शुभेच्छुकहरूलाई प्रशिक्षण दिन समेत भ्याए ।
नेताहरूलाई बोलाउनु र कार्यक्रम आयोजना गर्नुको मुख्य उद्देश्य नै नेपालमा गएको महाभुकम्पपछि खस्किएको पर्यटन क्षेत्रलाई केही मात्रामा भएपनि राहत दिने योजना आफुहरूको रहेको आयोजकले जानकारी दिएको छ । जसका लागि उनीहरूले सिड्नी, मेलबर्न र ब्रिसबेनमा प्रभातफेरि समेत आयोजना गरेका थिए । प्रभातफेरिमा सानो संख्यामा मात्र नेपालीहरूको उपस्थिती रहेको भएपनि उक्त कार्यक्रम अत्यन्तै प्रभावकारी भएको दाबी आयोजकको छ । उनीरुले नेपाल भ्रमणका लागि सुरक्षित छ भन्ने सन्देश मात्र नदिएर पर्यटकीय आकर्षणका केन्द्रहरू समेटिएको पर्चा, पम्लेट र पोस्टरहरू वितरण गरेका थिए । यसले पयर्टन प्रबद्र्धनमा कति टेवा दिन्छ त्यो भविष्यले बताउला तर कार्यक्रम अवधिभर उपस्थित विदेशीहरूले समेत चासो र उत्साहका साथ प्रचार सामाग्रीहरू लैजानुका साथै पर्यटकीय सम्भावना र क्षेत्रहरूका बारेमा जानकारी समेत लिने कोशिष गरेका थिए ।
आफ्नो भ्रमणको अन्त्यमा प्रवासी नेपाली मञ्च न्युजिल्याण्डको कार्यक्रममा सहभागी हुन न्युजिल्याण्ड पुगेका पोखरेलले अष्ट्रेलियामा अधिकांश विपक्षी दल लेबरका उच्च नेताहरूसँग भेट गरेका थिए । उनले लेबरका अध्यक्ष मार्क बट्लर, पूर्व उप–प्रधानमन्त्री एन्थोनी अल्बानिजी, पूर्व मन्त्री क्रिस बाओन नेताहरू रिर्चड मार्लेस, म्याट थिसलवायट लगायतकासँग क्यानबेरामा रहेको संसद भवनमा भेटघाट गरेका थिए । भेटघाटमा उनले दुई देशिय सम्बन्धदेखि सहयोग विस्तारसम्मका कुरालाई प्राथमिकताका साथ उठाएका थिए । पोखरेल लगायतका नेताहरूले उठाएको बिषयहरूले भविश्यमा कत्तिको पूर्णता पाउँछ त्यो पछि थाहा होला तरपनि यहाँ आएर उच्च स्तरका नेताहरूसँग औपचारिक भेट गरेर आफ्नो कुरा राख्ने अवसरको भने उनले राम्रै सदुपयोग गरेका छन् ।
तपाईको भ्रमणको मुख्य उद्देश्य के हो ?
मुख्य रुपमा अष्ट्रेलियामा रहनुभएका नेपाली दाजुभाई दिदीवहिनीहरूलाई भेट्नुसँगै मञ्चले आयोजना गरेको कार्यक्रममा सहभागिता जनाउनु नै हो । मञ्चले जुन पवित्र उद्देश्य राखेर पर्यटन प्रबद्र्धन सम्बन्धि कार्यक्रम आयोजना गरिरहेको छ यस किसिमका कार्यक्रमले नेपाली पर्यटन क्षेत्रलाई केही मात्रामा भएपनि टेवा दिन्छ भन्ने सोचका साथ समेत कार्यक्रममा सहभागिता जनाउन आएको हो । अर्काेतिर यहाँ आएपछि यहाँका नेतृत्व वर्गसँग भेट गरेर दुई देशबीचमा रहिआएको सम्बन्ध र आपसी सहयोगका बारेमा छलफल गर्नु समेत हो ।
तपाईले त यहाँका उच्च नेताहरूसँग भेटघाट गर्नुभयो । के कुरा भयो ?
प्रमुख रुपमा द्धिदेशीय सम्बन्ध र सहयोगका बारेमा नै छलफल गरियो । विगतमा सरकारको राम्रै नेतृत्व तहमा रहनुभएका पूर्व उप–प्रधानमन्त्रीदेखि मन्त्रीहरूसँग भेट भएकाले हामीले अष्ट्रेलियाले अहिलेसम्म गरिरहेको सहयोगका लागि धन्यवाद दिएका थियौं भने अन्य गम्भीर कुराहरूमा समेत छलफल गऱ्यौं । त्यससँगै दुई देशबीचमा ६० बर्षअघिदेखि रहेको सम्बन्धलाई कसरी अझ अघि बढाउन सकिन्छ भन्ने बिषयमा समेत छलफल गऱ्यौं ।
अन्य गम्भीर कुराहरू भन्नाले के के कुरामा छलफल गर्नुभयो ?
हामीले प्रमुख रुपमा नेपालीहरूले अहिले भिषा प्रक्रिया पूरा गर्न दिल्लीसम्म जानुपर्ने जुन बाध्यता छ त्यसलाई अन्त गरेर काठमाडौबाटै यो प्रक्रियाको शुरुवात गर्नका लागि आग्रह गऱ्यौं । भूकम्पपछि यहाँको सरकारले पुरयाएको सहयोगका लागि धन्यवाद दियौं भने थप सहयोग गर्नका लागि आग्रह गऱ्यौं । फेरि अहिले महाभूकम्पपछि नेपालको पर्यटन क्षेत्रमा जुन मन्दीजस्तो देखिएको छ त्यसलाई चिर्नका लागि अष्ट्रेलियाली पर्यटकहरूलाई नेपाल भ्रमण गर्न कसरी प्रेरित गर्न सकिन्छ भन्ने बिषयमा समेत छलफल गऱ्यौं । अर्काेतिर संसदीय सहयोग समिती निर्माणका लागि समेत आग्रह गरेका छौं भने लामो समयदेखि कुटनीतिक भ्रमण हुन नसकिरहेको सन्दर्भमा भ्रमणका लागि समेत आग्रह गऱ्यौं ।
तपाईहरूले उठाउनु भएका बिषयहरू सम्बोधन हुन्छ भन्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ ?
हामीले जति बिषय उहाँहरूसँग उठाएका छौं उहाँहरू सबै सकारात्मक नै हुनुहुन्छ । उहाँहरूले आफ्नो तर्फबाट गर्नसक्ने सबै सहयोग गर्ने विश्वास दिलाउनुभएको छ । यी सबै प्रक्रियाका कुराहरू भएकाले अवश्यै पूरा हुन्छ भन्नेमा हामी विश्वस्त छौं । तरपनि समग्रमा भन्नुपर्दा जुन तहका नेताहरूसँग छलफल र भेटघाट भयो यसले नेपाल र अष्ट्रेलियाबीचको सम्बन्धमा एउटा नयाँ आशा थपिदिएको छ भन्ने मलाई लाग्छ ।
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...
काठमाडौं- विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ...
इलाम– इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ नेम्वाङले ११...
काठमाडौं– फेशन नेटवर्क नेपालले नेपालमै पहिलो पटक तीन दिने ‘नेपाल फेसन फेस्टिभल’...
Get willing to find your perfect abdl match If you are looking for...
What you may anticipate when dating local bi-sexuals When dating local bi-sexuals, it’s...
Are you currently worried your partner...
काठमाडौं- नेपालले आगामी महिना अमेरिका र वेष्टइण्डिजमा हुने आईसीसी टी–२० विश्वकपका लागि...
काठमाडौं– अर्थमन्त्री वर्षमान पुनले तेश्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन–२०२४ भव्य रुपमा सफल भएको...