जारी छ मोर्चाको संसद वहिष्कार

काठमाडौं- व्यवस्थापिका–संसद्को आज सोमबारको बैठक पनि मधेस केन्द्रित दलले बहिष्कार गरेका छन् । व्यवस्थापिका–संसद्को आजको बैठक शुरु हुनेबित्तिकै सद्भावना पार्टीका सांसद लक्ष्मणलाल कर्णले मधेश केन्द्रित दलहरुको मागअनुसार संविधानलाई संशोधनमार्फत सर्वस्वीकार्य बनाउने सरकारको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै आपत्ति जनाए ।
वर्तमान सरकार गठन हुँदा भएको तीनबुँदे सहमति कार्यान्वयन नभएकोमा गुनासो गर्दै उनले तत्काल संविधान संशोधन प्रस्ताव ल्याउनुपर्नेमा जोड दिए । त्यसलगत्तै मधेश केन्द्रित दलका सांसदहरु बैठकबाट बाहिरिएका थिए । सदनको बैठक बहिष्कार गर्ने दलहरुमा सङ्घीय समाजवादी फोरम नेपाल, तराई मधेश लोकतान्त्रिक पार्टी, सद्भावना पार्टीलगायत छन् । आजको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्ताव सम्बन्धी छलफल जारी छ ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...