पूनर्निर्माणको कामना गर्ने भिडियो सार्वजनिक

काठमाडौं— अघिल्लो वर्षको भूकम्पपछि सुचारु हुनु पर्ने पूनर्निर्माणको कार्यले गति लिन सकेको छैन । पूनर्निर्माण गरेर नेपाललाई पुनः एक पटक सुन्दर बनाइनु पर्छ भन्ने भावना बोकेको गीत तथा म्युजिक भिडियो सोमबार काठमाडौंमा लोकार्पण गरिएको छ । कमलादी गणेस्थानमा आयोजित एक समारोहमा गीतकार सुना भण्डारीद्वारा रचना गरिएको ‘हे आमा नेपाल…’ गीतको एल्बम तथा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतकार भण्डारी तथा म्युजिक भिडियोका निर्देश्ँक कृष्णदेव रुपाखेतीले उक्त एल्बम विमोचन गरेका हुन् ।
यो एल्बमलाई पशुपति वंशीराम मण्डप नेपालले प्रस्तुत गरेको हो । यो गीतमा गायिका संगीता राना प्रधान तथा गायक विनोद पछाईको यूगल गायन छ । विनोद पछाइ यो गीतका संगीतकार पनि हुन् । सार्वजनिक गरिएको भिडियोमा अभिनेता नरेन खड्का तथा अभिनेत्री सम्पदा बानिया“ले अभिनय गरेका छन् । महाराजा थापाद्वारा संगीत संयोजन गरिएको यो गीतको भिडियोका छायांकार अमृत सुनुवार हुन् भने निशान घिमिरेले यो भिडियोलाई सम्पादन गरेका हुन् । भिडियोमा भूकम्पले पु¥याएको क्षतीदेखि लिएर पुनर्निर्माणका प्रयासहरुलाई समेत समेटिएको छ ।
यस्तो छ भिडियो :
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...