मोर्चाको १५ दिने अल्टिमेटम

काठमाडौं— मधेशी मोर्चासहितको संघीय गठबन्धनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १५ दिनको समयसीमा तोकेर संविधान संशोधन विधेयक सदनमा दर्ता गराउन स्मरणपत्र बुझाएको छ ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा गठबन्धनका संयोजक उपेन्द्र यादवको नेतृत्वको टोलीले प्रधानमन्त्री दाहाललाई आफ्ना माग सम्बोधन हुने गरी संविधान संशोधन गर्न स्मरणपत्र बुझाएको हो ।
गठबन्धनले भनेको छ – ‘हाम्रो सहमति समेतका आधारमा संविधान संशोधन विधेयक आजका मितिले १५ दिन भित्र दर्ता गराउन अनुरोध छ ।’
नयाँ संविधानले मधेशी, आदिवासी, जनजातिलगायतको आकांक्षा सम्बोधन गर्न नसकेको हुँदा त्यसलाई सच्याउन आन्दोलन गर्नुपरेको स्मरणपत्रमा उल्लेख गरिएको छ ।
गठबन्धनको आन्दोलनको एउटा मुख्य उपलब्धि केपी ओली सरकारको पतन रहेको उल्लेख गरिएको स्मरणपत्रमा वर्तमान सरकार गठनका बेला नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रसँग भएको सहमति कार्यान्वयन गर्न माग गरिएको छ ।
संघीय गठबन्धनसँग आबद्ध मधेशकेन्द्रित दलले खासगरी प्रदेशको सीमाङ्कन, नागरिकता, जनसङ्ख्याका आधारमा समानुपातिक समावेशी प्रतिनिधित्वजस्ता माग राखेका छन् ।
स्मरणपत्रमा भनिएको छ –‘मधेशी, आदिवासी जनजातिलगायतका समुदायका मुद्दालाई सम्बोधन हुने गरी संयता, राष्ट्रिय पहिचान, जनसङ्ख्याका आधारमा राज्यका अङ्गमा प्रतिनिधित्व, समानुपातिक, समावेशी, सुशासन, निर्वाचन प्रणाली, सङ्घीय न्याय प्रणाली, जातीय, क्षेत्रीय र लैङ्गिक विभेद र असमानताको अन्त्यजस्ता महत्वपूर्ण सवाललाई सम्बोधन गर्न आवश्यक छ ।’
तोकिएको समयसीमाभित्र संविधान संशोधन प्रस्ताव दर्ता नभएको खण्डमा पुनः आन्दोलनमा जान बाध्य हुने पनि गठबन्धनले स्मरणपत्रमा उल्लेख गरेको छ ।
स्मरणपत्र हस्तान्तरणपछि सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धनका संयोजक यादवले प्रधानमन्त्री दाहालले आफूहरुले उठाएका विषयवस्तुलाई सकारात्मक र चुनौतीका रुपमा लिएर समस्या समाधान हुने गरी काम गर्ने प्रतिबद्धता जनाएको बताएका छन् ।
संघीय समाजवादी फोरम संसदीय दलका नेता अशोककुमार राईले संविधान संशोधनको कार्य उच्चतम बिन्दुमा पुगेको प्रधानमन्त्रीसँगको कुराकानीबाट आफूलाई अनुभूति भएको बताएका छन् ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले प्रधानमन्त्री दाहालले स्मरणपत्रलाई सकारात्मक रुपमा लिएको हुँदा आशा गर्ने ठाउँ भए पनि दर्ता नभएसम्म भरोसा गर्न नसकिने प्रतिक्रिया दिएका छन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...