अमेरिकामा नेपाली विद्यार्थीको मृत्यु

अमेरिकामा २० बर्षकी नेपाली विद्यार्थी निशा कार्कीको निधन भएको छ । ओक्लोहोमा स्थित इस्ट सेन्ट्रल युनिभर्सिटीमा अध्ययनरत कार्कीको हृदयगति बन्द भई मृत्यु भएको जनाइएको छ । ९ महिना अघिमात्र अध्ययनका लागि अमेरिका आएकी कार्की काठमाडौँ निबासी हुन् ।
पर्यटकहरुको लागि गाइडको रुपमा काम गर्ने उनका बुबाको मृत्यु निशा २ महिनाको हुँदा नै भएको थियो । निशालाई उनकी आमाले धेरै दुख गरेर हुर्काएकी थिइन् । निशाकी आमाले निशाको अमेरिका अध्ययनका लागि सर्बस्व समर्पण गरेकी थिइन् । तर अमेरिका आएको ९ महिनामै निशाको मृत्यु भएपछि परिवारमा ठूलो बज्रपात भएको छ ।
निशाकी आमा कल्पना कार्कीले छोरीको अन्त्यष्टी परम्परागतरुपमा होस् भन्ने चाहना व्यक्त गरेकी छिन् । घरपरिवारको आर्थिक अवस्था नाजुक रहेकाले अन्त्यष्टीका लागि टेक्सासको नेपाली समाजले गो फन्ड मीमार्फत सहयोग संकलन अभियान चलाइरहेको छ । त्यसमा गएर आफ्नो इच्छा र गच्छे अनुसार सहयोग गर्न सम्पूर्ण नेपालीहरुलाई अपिल गरिएको छ ।
सहयोग संकलन अभियान सुरु गरिएको पहिलो दिनको ८ घण्टामा नै ५६४ जनाले झण्डै १५ हजार अमेरिकी डलर सहयोग गरिसकेका छन् । २० हजार डलर संकलनको लक्ष्य सहित सुरु गरिएको यो अभियानमा अमेरिकाबासी नेपालीहरुले साथ दिइरहेका छन् ।

काठमाडौं– शिक्षक आन्दोलनको २७ औं दिन आज सोमवार पनि जारी छ ।...

काठमाडौं– गायक अमित प्रधानको स्वर रहेको नयाँ गीत ‘माया को आभाष’ ...

काठमाडौं– आज वैशाख १२ गते शुक्रवारदेखि प्रतिनिधि सभाको बैठक बस्ने भएको छ...

काठमाडाैं- आज देशभर १९औँ लोकतन्त्र दिवस प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य...

काठमाडौं– भारतको जम्मू-कश्मीरस्थिगत पहलगामको बैसरन उपत्यका क्षेत्रमा आतंकवादी आक्रमण भएको छ ।...