सिनेटरको नेपाललाई धन्यवाद

करिब १० दिनको नेपाल भ्रमणमा गएर फर्किएकी साउथ अष्ट्रेलियाकी सिनेटर जीङ्ग लीले एक कार्यक्रमको आयोजना गरेर नेपाल र सबै नेपालीहरुलाई धन्यवाद ज्ञापन गरेकी छिन् ।
नेपाली समुदाय र नेपालीबिच नजिक भएर काम गरिरहेकी सांसद लिले ब्यवसायिहरु सम्मिलित १२ जनाको टोलीको नेतृत्व गर्दै नेपाल भ्रमण गरेर आएकी हुन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दहाल लगायतका अन्य मन्त्री, सांसद लगायत पर्यटन बोर्डका अधिकारीहरुसँग भेट गरेकी थिईन् । नेपालको पर्यटकीय क्षेत्रको बारेमा जानकारी लिने र सबैलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने मुख्य उद्देश्यका साथ भएको उनको भ्रमणलाई यहाँस्थित वाणिज्यदुत दीपक धमला र एनआरएन सचिव नविन पन्तले सहयोग पुरयाएका थिए ।
एडिलेडस्थित संसद भवनमा आयोजित कार्यक्रमा लिले नेपाल आफुले सुनेको भन्दा सुन्दर रहेको प्रतिक्रिया दिएकी थिईन् । उनले नेपालीहरु अत्यन्तै मिलनसार र सहयोगी भएको बताउँदै नेपाल र अष्ट्रेलियाको बिचमा रहेको सम्बन्धलाई नयाँ ढंगले अघि बढाउनुपर्नेमा जोड दिएकी थिईन् । सिस्टर सिटीको सम्बन्धलाई स्थापित गर्ने, दुई देशका बिद्यालयहरुबिचमा आपसी सम्बन्ध स्थापना गर्ने लगायतका बिषयमा उनले चर्चा गरेकी थिईन् ।
कार्यक्रममा टोलीमा सहभागी सबैले नेपाल आफुहरुले सुनेको र सोचेको भन्दा सुन्दर रहेको बताउँदै आफ्ना साथीहरुलाई नेपाल भ्रमण गर्न प्रेरित गरिरहेको जानकारी गराएका थिए । त्यसैगरि कार्यक्रममा सांसद लिले नेपाल भ्रमण गर्दा पर्यटकको रुपमा मात्र नभएर त्यहाँ रहेका अनाथालयहरुमा केही सहयोग पुरयाउने उद्देश्यका साथ भ्रमण गर्न समेत सुझाव दिएकी थिईन् । यसैगरि उनले आफुले संसदमा नेपाल भ्रमणको बारेमा जानकारी समेत गराएको बताएकी थिईन् ।
सिड्नी, अष्ट्रेलिया | सिड्नीको उत्तर-पश्चिमी क्षेत्र (नर्थ-वेस्ट ) मा बसोबास गर्ने नेपालीहरुले बिगतका...
सिड्नी | अस्ट्रेलियाको ब्ल्याकटाउन नेपाली समुदायले आफ्नो दशौँ वार्षिकोत्सव तथा नेपाली महिलाहरूको मौलिक...
सिड्नी, अष्ट्रेलिया। फेडरेसन अफ इन्टरनेशनल नेपाली युथ इन्टरप्रेनर्स (FINYE) अष्ट्रेलियाको आयोजनामा आगामी जुलाई...
सिड्नी, अष्ट्रेलिया। सिड्नीस्थित नेपाली समुदाय (Nepalese Community in Sydney, Westmead) द्वारा आयोजित १२औँ...
सिड्नी, अष्ट्रेलिया । नेपाली कला संस्कृति, रितिरिवाज र धार्मिक सहिष्णुता झल्कने मिनी...