महिला हिंसा बिरुद्ध जनचेता जगाउन तिनजना नेपालीलाई हवाईट रिवन दुत नियुक्त

-- The NTA ?>
white_ribbon_ambassador_nepalese2महिलामाथि हुने हिंसा बिरुद्ध जनचेता जगाउने उद्देश्यले हवाईट रिवन अस्ट्रेलियाले तिनजना नेपालीलाई दुत (हवाईट रिवन एम्वासेडर) नियुक्त गरेको छ । हवाईट रिवन अस्ट्रेलिया र आप्रवासी समुदायको बसोवासमा सहयोग गर्दै आएको एड्भान्स डाइभर्सीटी सर्भिसेजले १७ नोभेम्वर विहिवार सिड्नीको दक्षिण हर्सभिलमा आयोजना गरेको विशेष कार्यक्रममा तिन जना नेपालीहरुलाई  हवाईट रिवन दुत घोषणा गरेका थिए । हवाईट रिवन दुत  नियुक्त हुनेहरुमा अस्ट्रेलियामा सामुदायिक विकास र पत्रकारिता गर्दै आएका ऋषि आचार्य, खेलकुद र अध्यापन गर्दै आएका राजु मानन्धर र युवा पुस्तालई सकारात्मक सोचको बिकासगर्न प्ररणादिने अभियानमा लागेका बुल्सन लाम्गाडे रहेका छन् । कार्यक्रममा हवाईट रिवन अस्ट्रेलियाका कार्यक्रम अधिकृत पिटर्सन ओपिओ सेतो रिवनको पिन तिनै जना नेपालीलाई  लगाईदिएर महिला हिंसा विरुद्धको दुत नियुक्त गरेका थिए ।
उक्त कार्यक्रममा तिनै जना दुतहरुले नेपाली समुदायमा पुरुषमार्फत महिलामाथि हुने सबै प्रकारको हिंसा न्युनिकरणकालालि सक्रिय हुने प्रतिवद्धता जनाएका थिए । नब नियुक्त रिवन दुत ऋषि आचार्यले उक्त कुराको जानकारी गराउदै यथप सातजना नेपाली हवाईट रिवन अभियान्ता (एड्भोकेट) भएका पनि बताएका छन् ।
अस्ट्रेलियामा प्रत्येक हप्ता एक जना महिलाको मृत्यु पुरुषद्धारा हुने हिंसाको कारण भैरहेको छ । हवाइट रिवन पुरुषद्धारा महिलामाथि हुने हिंसा रोक्न शुरु भएको विश्वब्यापि अभियान हो । सन् १९८९ मा क्यानडाको मन्ट्रियल विश्वविद्यालयमा एक पुरुषले आफ्नै १४ जना साथीहरुको क्रुरता पूर्वक हत्या गरेका थिए । त्यसको दुई वर्ष पछि १९९१मा क्यानडाको टोरोन्टोमा पुरुषहरुको  भेलाले हिंसा न्युनिकरणकालागि जनचेतना जगाउन यो अभियान शुरु गरेका थिए । अहिले विश्वका ५७ भन्दा बढी देशमा हवाईट रिवन यो अभियान फैलिसकेको छ । प्रत्येक वर्ष नोभेम्वर २५ को दिनलाई हवाईट रिवन दिवसको रुपमा मनाइन्छ ।
(फोटो/समाचार श्रोत: ऋषि आचार्य)