जनसम्पर्क समिति अस्ट्रेलिया (NPCCA) को एनएसडब्लु स्टेट कमिटि गठन 

-- The NTA ?>
nccp-ausप्रबासमा नेपाली कांग्रेसको भागिनी संस्थाको रुपमा कार्यरत जनसम्पर्क समिति अस्ट्रेलियाले आस्थावान साथीहरुलाई संस्था भित्र गोलबन्द गर्दै कांग्रेस प्रति आस्थावान सबैको साझा संस्थाको रुपमा बिकाश गर्न हालै एनएसडब्लु स्टेट कमिटि गठन गरेको छ। संस्थाका महामन्त्री धिरोज मल्लले एक प्रेस बक्तब्य जारी गर्दै उक्त कुराको जानकारी दिनु भएको छ।
महामन्त्री धिरोज मल्लका अनुसार गत १९ नोभेम्बरमा जनसम्पर्क समिति अस्ट्रेलियाका अध्यक्ष खगेन्द्र सिटौला ( सन्तोष) को अध्यक्षतामा बसेको पूर्ण सदस्स्यि बैठकले रिक्त रहेको जनसम्पर्क समिति अस्ट्रेलियामा थप १३ सदस्यहरु समेट्दै कार्यसमितिलाई पनि पूर्णता दिएको छ भने राजन भेटवालको संयोजकत्वमा एनएसडब्लु स्टेट कमिटि गठन गरेको छ।
राजन भेटवालको संयोजकत्वमा गठित एनएसडब्लु स्टेट कमिटिका अन्य सदस्यहरुमा राजकुमार भण्डारी, निरन्जन प्रसाई, शृजन मल्ल, सौरभ अधिकारी, अनिल चालिसे, नारायण भट्टचन, मदन मल्ल, बिपिन शाही, भिम बस्नेत र बसन्त पौडेल हुनुहुन्छ।
त्यसै गरि  जनसम्पर्क समिति अस्ट्रेलियामा हालै मनोनित सदस्यहरुमा द्वारिका दवाडी, अनुप न्यौपाने, सुदिप शाही, दिनेश खत्री, प्रताप राना, रोशन आले, ईश्वर पौडेल, दिपक ढकाल, बिनोद मल्ल, निर मगर, दिपक भण्डारी, दिपेन्द्र ओडारी हुनुहन्छ।
प्रेस बक्तब्यमा महामन्त्री मल्लले कार्य समिति पूर्णता र स्टेट कमिटि गठनको बोधार्थ नेपाली कांग्रेस केन्द्रिय कार्यलयलाई पठाईसकिएको र भविष्यमा अन्य स्टेटहरुमा समेत शाखा विस्तार गर्दै लाग्ने बताउनु भएको छ।